• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

“ट्रम्प सरकार र प्रोजेक्ट २०२५ विरुद्ध” लड्न प्रगतिशिल समुह तयारी गर्दै

  •  
  • २०८१ पुष १४, आईतवार ०९:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अबको २३ दिनमा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन । उनको बोली र पहिलेको कार्यकालमा गरिएका व्यवहारहरुबाट मानिसहरु आजित छन । फेरी पनि उनले के के बबन्डर गर्ने हुन भन्दै प्रगतिशील समूहहरू डोनाल्ड ट्रम्प सरकार र प्रोजेक्ट २०२५ को विरुद्ध सामूहिक लडाईंको तयारी गरिरहेका छन् । प्रोजेक्ट २०२५ एक विशाल अति–दक्षिणपन्थी नीति योजना हो, जसलाई हेरिटेज फाउण्डेशनले प्रायोजन गरेको छ । यसले आगामी महिनामा निर्वाचित राष्ट्रपति सत्ता सम्हाल्दा सरकारले सञ्चालन गर्ने सबै क्षेत्रमा कटौती गर्ने व्यापक सुधारको वाचा गरेको छ ।

    डेमोक्रेसी फरवर्डकी प्रमुख कार्यकारी स्काई पेरीमन यो प्रतिरोधको नेतृत्व गर्नेछिन् । यो प्रतिरोध डेमोक्रेसी २०२५ नामक नयाँ गठबन्धनद्वारा अगाडि बढाइनेछ, जसमा “मुद्दा, वकालत र नीतिगत समूहहरू” समावेश छन् । यसले तत्काल कानुनी प्रतिरक्षा प्रदान गर्ने उद्देश्य राखेको छ, जुन २०१७ मा ट्रम्पले राष्ट्रपति पद ग्रहण गर्दा देखिएको अनुभवबाट सिकेर अझ बलियो बनाइएको जनाइएको छ ।

    डेमोक्रेसी फरवर्डकी प्रमुख पेरीमनले बताएकी छिन “ट्रम्पले पद ग्रहण गरेपछि, संयुक्त राज्यका समुदायहरूमा प्रशासनले लागू गरेको नीतिहरूका कारण विभिन्न प्रकारका क्षतिहरूको सामना गर्न थालियो । केही स्पष्ट देखिने जस्ता घटना थिए, जस्तै मुस्लिम प्रतिबन्ध, जसले वकिलहरूलाई आफ्नो सामान छोडेर एयरपोर्टमा रोकिएका मानिसहरूको सहयोगमा दौडिन बाध्य बनायो । त्यस्तै, अन्य संस्थाहरूले ती नीतिहरूविरुद्ध मुद्दा हाले । यस्तै, अन्य थोरै चर्चित कुराहरू जस्तै टाइटल १० ग्याग नियमले गरिब महिलाहरूको लागि परिवार योजना पहुँचमा कटौती ग¥यो।” । “तर प्रशासनले धेरै त्यस्ता कामहरू गरिरहेको थियो जुन धेरैको ध्यानमा पर्दैनथ्यो, तर जसले लाखौँ अमेरिकीहरूलाई नकारात्मक रूपमा असर गरिरहेको थियो र धेरै अवस्थामा त ती अवैध पनि थिए । त्यसैकारण डेमोक्रेसी फरवर्ड स्थापना ट्रम्पको अघिल्लो कार्यकालमा स्थापना भयो । यसको उदेश्य संयुक्त राज्यका नागरिकहरूलाई हुने खतराहरू, कानूनी शासनलाई हुने चुनौतीहरू, र सरकारको संचालनमा देखा परेका अतिवादी र अवैध गतिविधिहरूलाई उजागर गर्न थियो,” स्काई पेरीमनले भनिन् ।

    डेमोक्रेसी फरवर्डले पहिलो ट्रम्प प्रशासनविरुद्ध १०० भन्दा बढी मुद्दा दायर ग¥यो । यी मुद्दाहरूमा मतदाता ठगीे आयोगद्वारा व्यक्तिगत मतदाताहरूको जानकारी सङ्कलन, द्विदलीय स्वास्थ्य सेवा कार्यक्रमहरू, जस्तै किशोर गर्भावस्था रोकथाम कार्यक्रमको संघीय वित्त पोषणको अचानक बन्द गरिनु, र स्कूलका बालबालिकाका लागि पोषण मापदण्ड खारेज गर्ने कामहरू समावेश थिए । पेरीमन पहिले डेमोक्रेसी फरवर्डमा वरिष्ठ कानूनी सल्लाहकार थिइन् । त्यसपछि उनी अमेरिकी प्रसूति र स्त्रीरोग विशेषज्ञहरूको कलेजमा प्रमुख कानूनी अधिकृत र सार्वजनिक मामिलाको प्रमुख भइन् । उनले २०२१ मा जो बाइडेन राष्ट्रपति भएपछि डेमोक्रेसी फरवर्डमा पुनः सहभागिता जनाइन्, तर रिपब्लिकन राज्यहरूमा मौलाएको आधारभूत अधिकारमाथिको चुनौतीहरूलाई लक्षित गर्दै अगाडी बढीन ।

    उनीहरूले प्रोजेक्ट २०२५ निर्माण गर्ने समूहहरूसँग लड्न सक्रिय निगरानी गरिरहेका छौँ, र प्रशासनले कानुनको अवज्ञा गरेमा अमेरिकी जनतालाई उपलब्ध उपायहरूको विश्लेषण गरिरहेका छौँ । त्यसैले डेमोक्रेसी २०२५ गठन गरिएको हो, जसलाई नोहा बुक बाइन्डर र सिटिजन्स फर रिस्पोन्सिबिलिटी एन्ड एथिक्स इन वाशिंगटन, पूर्व राष्ट्रपति बाराक ओबामाका एथिक्स सिजार नोर्म इसेन, नेशनल विमेन्स ल’ सेन्टर, र नेशनल इमिग्रेशन ल’ सेन्टरजस्ता व्यक्ति र समूहहरूले समर्थन गरेका छन् । स्काई पेरीमनले “पढ्ने स्वतन्त्रता जस्ता आधारभूत स्वतन्त्रताहरूलाई खतराको“ चेतावनी दिइन् । द गार्डियनबाट ।

    Post Views: 278
    प्रकाशित मिति: २०८१ पुष १४, आईतवार ०९:१२
    Advertisement
    संबन्धित शिर्षकहरु
    स्विट्जरल्याण्डमा ‘नेपाल टेक रोड शो’ सम्पन्न, नेपाली आईटी क्षेत्रको क्षमता प्रस्तुत
    दर्शनमा प्रश्न र प्रश्नमा दर्शन मिसिएको पर्या महाकाव्य : कल्प
    अमेरिकी कंग्रेसमा भोटेकोशी बाढीपछि टिपिएस दिनुपर्ने माग
    Advertisement
    ताजा अपडेट
    • १. स्विट्जरल्याण्डमा ‘नेपाल टेक रोड शो’ सम्पन्न, नेपाली आईटी क्षेत्रको क्षमता प्रस्तुत

    • २. दर्शनमा प्रश्न र प्रश्नमा दर्शन मिसिएको पर्या महाकाव्य : कल्प

    • ३. अमेरिकी कंग्रेसमा भोटेकोशी बाढीपछि टिपिएस दिनुपर्ने माग

    • ४. संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाहको सम्बोधन (पूर्णपाठ)

    • ५. अबैध आप्रवासीलाई तेश्रो देशमा डिर्पोट गर्न पाउनुपर्ने भन्दै ट्रम्प प्रशासनद्धारा सर्वोच्च अदालतमा निवेदन

    चर्चित
    • १. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • २. परराष्ट्रमन्त्रि खनाल राष्ट्रसंघ बैठकमा भाग लिन अमेरिका प्रस्थान, प्रधानमन्त्रि असोज ६ मा जाने

    • ३. धुर्मुस सुन्तलीको “म त मर्छुकी क्या हो” हाँस्य श्रृखला अमेरिकाबाट निर्माण शुरु

    • ४. अर्थमन्त्रि वाग्लेले प्रधानमन्त्रि शाहलाई पढ्न दिएको पुस्तक ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’को सांकेतिक अर्थ र पुस्तकको सारंश

    • ५. प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.