• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपाली मुलका विदेशीलाई बेग्लै परिचयपत्र दिने तयारी

  •  
  • २०८१ पुष १५, सोमबार ०६:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    लामो समयदेखि विदेशी नागरिक भएर विभिन्न मुलुकमा रहेका नेपाली मूलका व्यक्ति र परिवारलाई नेपालीको पहिचान खुल्ने परिचयपत्र दिने गृहकार्य सरकारले थालेको छ । गैरआवासीय नेपालीको परिभाषाभित्र नअटाएका नेपाली मूलका विदेशी नागरिकका लागि बेग्लै परिचयपत्र दिन खोजिएको हो । त्यसका लागि गैरआवासीय नेपालीसम्बन्धी ऐन २०६४ लाई संशोधन गर्नेबारे कानुन मन्त्रालयले छलफल अघि बढाएको छ ।

    गैरआवासीय नेपालीका लागि भने सीमित अधिकारसहितको ‘गैरआवासीय नेपाली नागरिकता’ दिने कानुन छ । कानुनमन्त्री अजयकुमार चौरसियाका अनुसार पुस्तौंदेखि विभिन्न मुलुकमा बस्दै आएका नेपाली मूलका विदेशीलाई परिचयपत्र दिने गृहकार्य थालिएको हो । थाइल्यान्ड, मलेसिया, म्यानमार फिजीलगायतका मुलुकमा पुस्तौंपुस्ता बसोबास गर्दै आएका नेपालीभाषीले यस्तो परिचयपत्रको माग गर्दै आएका छन् ।
    कानुनमन्त्री अजयकुमार चौरसिया भन्छन्, ‘पुस्तौंदेखि सार्कबाहेकका मुलुकमा बस्दै आएका नेपाली, जसले ती मुलुकमा नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना गर्दै आएका छन्, उनीहरूले राख्दै आएको मागबारे सकारात्मक छलफल अघि बढेको छ । उहाँहरूले नेपाली मूलको हुँ भन्ने परिचय माग्दै आउनुभएको छ, त्यस्तो परिचयपत्र दिन आवश्यक पर्ने कानुनी प्रावधानबारे काम भइरहेको छ ।’

    गैरआवासीय नेपालीसम्बन्धी ऐनले कम्तीमा तीन पुस्ताअघि नेपाली नागरिक रही विदेशिएका सार्क मुलुकबाहेकमा परिवारलाई मात्र नेपाली मूलको विदेशी नागरिक मानेको छ । उनीहरूका लागि सरकारले परिचयपत्र दिन सक्ने प्रावधान छ । त्यस्तै, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी उनीहरूले गैरआवासीय नेपाली नागरिकता पाउने व्यवस्था नागरिकता ऐनमा छ ।

    Post Views: 228
    प्रकाशित मिति: २०८१ पुष १५, सोमबार ०६:५८
    Advertisement
    संबन्धित शिर्षकहरु
    स्विट्जरल्याण्डमा ‘नेपाल टेक रोड शो’ सम्पन्न, नेपाली आईटी क्षेत्रको क्षमता प्रस्तुत
    दर्शनमा प्रश्न र प्रश्नमा दर्शन मिसिएको पर्या महाकाव्य : कल्प
    अमेरिकी कंग्रेसमा भोटेकोशी बाढीपछि टिपिएस दिनुपर्ने माग
    Advertisement
    ताजा अपडेट
    • १. स्विट्जरल्याण्डमा ‘नेपाल टेक रोड शो’ सम्पन्न, नेपाली आईटी क्षेत्रको क्षमता प्रस्तुत

    • २. दर्शनमा प्रश्न र प्रश्नमा दर्शन मिसिएको पर्या महाकाव्य : कल्प

    • ३. अमेरिकी कंग्रेसमा भोटेकोशी बाढीपछि टिपिएस दिनुपर्ने माग

    • ४. संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाहको सम्बोधन (पूर्णपाठ)

    • ५. अबैध आप्रवासीलाई तेश्रो देशमा डिर्पोट गर्न पाउनुपर्ने भन्दै ट्रम्प प्रशासनद्धारा सर्वोच्च अदालतमा निवेदन

    चर्चित
    • १. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • २. परराष्ट्रमन्त्रि खनाल राष्ट्रसंघ बैठकमा भाग लिन अमेरिका प्रस्थान, प्रधानमन्त्रि असोज ६ मा जाने

    • ३. धुर्मुस सुन्तलीको “म त मर्छुकी क्या हो” हाँस्य श्रृखला अमेरिकाबाट निर्माण शुरु

    • ४. अर्थमन्त्रि वाग्लेले प्रधानमन्त्रि शाहलाई पढ्न दिएको पुस्तक ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’को सांकेतिक अर्थ र पुस्तकको सारंश

    • ५. प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.