• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकाको न्यू ओरलिन्स घटनामा आतंककारी संगठन आइएसआइएसको संलग्नताः एफबिआई

  •  
  • २०८१ पुष १८, बिहीबार ०३:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नयाँ बर्षको बिहान अमेरिकाको न्यू ओरलिन्सको बोरबोन स्ट्रिटमा नयाँ वर्षको उत्सवका क्रममा एउटा ड्राइभरले पिकअप ट्रक भिडाएर कम्तीमा १५ जनाको मृत्यु र ३५ जना घाइते भएको घटनालाई एफबीआईले “आतंकवादी आक्रमण“ भएको कहि तथ्य फेला पारेको छ । एफबीआईले संदिग्धको पहिचान ४२ वर्षीय टेक्ससका व्यक्ति र भूतपूर्व सैनिकको रूपमा गरेका संदिग्ध, जसलाई प्रहरीले हत्या गरिएको छ उनिसंग आतंककारी संगठन आइएसआइएसको झण्डा फेला पारिएको जनाएको छ । एफबीआईले यो पनि भनेको छ कि संदिग्धको आतंकवादी संगठनहरूसँग सम्भावित सम्बन्धहरूको अनुसन्धान भइरहेको अन्तराष्ट्रिय समाचार सस्था सिएनएनले जनाएको छ ।

    एफबीआईका अनुसार, उक्त ड्राइभर “एक्लै जिम्मेवार“ भएको जस्तो देखिँदैन र सवारी साधनमा हतियारहरू र “संभावित इम्प्रोभाइज्ड एक्स्प्लोसिभ डिभाइस“ फेला परेको छ । लोकप्रिय फ्रेन्च क्वार्टरमा भएको यो आक्रमण सुगर बाउल आयोजना हुने स्थानबाट एक माइलभन्दा कम दूरीमा भयो । वार्षिक कलेज फुटबल खेलको सीईओले सार्वजनिक सुरक्षाका कारण खेललाई २४ घण्टाका लागि स्थगित गरिएको बताएका छन । न्यू ओरलिन्स, लुइजियानामा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ। यो जानकारी न्यू ओरलिन्सका कोरोनर डा. ड्वाइट मकेन्नाको आधिकारिक बयानमा उल्लेख गरिएको छ।

    फ्रेन्च क्वार्टरमा देखिएका चारजना विस्फोटक उपकरण राख्न संलग्न नभएको प्रारम्भिक निष्कर्ष

    फ्रेन्च क्वार्टरमा निगरानी भिडियोमा देखिएका तीन पुरुष र एक महिलालाई न्यू ओरलिन्समा विस्फोटक उपकरण राख्न संलग्न नरहेको संघीय अनुसन्धानकर्ताहरूले निष्कर्ष निकालेको छ, एक कानून प्रवर्तन अधिकारीले सिएनएनलाई जानकारी दिएका छन् । बुधबारको घातक आक्रमणको सम्बन्धमा एफबीआईको अनुसन्धान जारी छ र यसक्रममा थप विवरणहरू पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ । अनुसन्धानकर्ताहरू अझै पनि पिकअप ट्रक भिडाउने संदिग्धको बाहेक अरू मानिसहरू यस घटनामा संलग्न हुन सक्नेबारे जाँच गरिरहेका छन् ।

    यसअघि बुधबार, कानून प्रवर्तन स्रोतहरूले सिएनएनलाई जानकारी दिए कि अनुसन्धानकर्ताहरूले फ्रेन्च क्वार्टरमा सम्भावित विस्फोटक पदार्थ राख्न संलग्न भएको अनुमान गरिएको तीन पुरुष र एक महिलालाई देखाउने भिडियो समीक्षा गरिरहेका थिए । तर, पछिल्लो अनुसन्धानले उनीहरूको संलग्नता नरहेको पुष्टि गरेको छ ।

    Post Views: 155
    प्रकाशित मिति: २०८१ पुष १८, बिहीबार ०३:५८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास
    कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?
    Advertisement
    ताजा अपडेट
    • १. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • २. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ३. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.