• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

कम्यूनिष्ट त्यागेर राष्ट्रवादी यात्रामा भीम रावल

  •  
  • २०८१ पुष १८, बिहीबार ०९:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पुस १० गते पार्टीबाट बर्खास्तीमा पर्नुभएका नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीको इमान्दारिता र नैतिकतामाथि प्रश्नैप्रश्नको चाङ थोपर्दै नयाँ अभियानको यात्रा तय गर्नुभएको छ।

    प्रधानमन्त्रीसमेत रहनुभएका ओलीको असहिष्णु व्यवहार र व्यक्तिवादी चरित्रको ‘भण्डाफोर’ गर्दै बुधबार नयाँ अभियानको घोषणा गर्नुभएको हो। काठमाडौंमा पत्रकार सम्मेलन गर्नुभएका नेता रावलले मातृभूमि जागरण अभियानमार्फत वैकल्पिक राजनीतिक शक्ति बनाउने यात्रा तय गरेको बताउनुभयो।

    अध्यक्ष ओलीसँग लामो समयदेखि असन्तुष्ट नेता रावलले ओलीका अधिकांश गतिविधिका बारेमा बेलिविस्तार लगाउँदै रोष प्रकट गर्नुभयो । उहाँले ३५ पृष्ठ लामो विज्ञप्तिमा ३२ पृष्ठ ओलीप्रतिको आक्रोशयुक्त अभिव्यक्ति छन्। २ पृष्ठ एमालेले रावललाई सोधेको स्पष्टीकरण र एक पृष्ठमा आफ्ना भाबी योजना समेटिएको छ।

    बुधबार दिनको १ बजेदेखि शुरू भएको रावलको पत्रकार सम्मेलन ४ बजेसम्म चलेको थियो । तीन घण्टामध्ये २ घण्टाभन्दा बढी समय ओलीप्रति आक्रोश व्यक्त गर्दै उहाँले केपी ओली ज्यान मुद्दामा जेल बस्दाको व्यवहार, पार्टीको मूल नेतृत्वमा नआउँदा फाउन्डेसनका नाममा छाया केन्द्रीय कमिटी बनाएर पार्टीको मूल संगठनलाई गरेको असहयोग, पार्टी नेतृत्वमा आएपछि चलाएका स्वेच्छाचारी र एकपक्षीय गतिविधि, संसद् विघटन, होलिवाइन र सांसद अपहरण हुँदै पार्टी फुटाउने योजनासमेतलाई छताछुल्ल पारिदिनुभएको छ।

    त्यस्तै, पार्टीमा फरक मतलाई सम्बोधन नगरेको, पार्टीलाई विधिसम्मत सञ्चालन नगरेको, पार्टीमा विभाजनको बिउ रोपेको, पार्टीको निर्णयलाई चुनौती दिने काम गरेको सयौँ प्रश्नसहित रावलले ओलीमाथि आक्रोश पोख्नुभयो।

    उहाँले भन्नुभएको– ‘चुनावी गठबन्धनदेखि, फौज्दारी मुद्दाका अभियुक्त, अनैतिक, भ्रष्ट तथा पार्टी निर्माणमा एक थोपा पसिना नबगाएकाहरू एवं बिचौलिया र दलालहरूलाई संरक्षण गर्नुका साथै त्यस्तैको स्वार्थमा काम गर्ने नेतृत्वका क्रियाकलापहरू नै पार्टीको सिद्धान्त र नीतिविपरीत छैनन् र ? तिनले पार्टीको प्रतिष्ठा, मर्यादा र प्रगतिमा आँच पुर्‍याएका छैनन् र ?’ अधिकांश समय ओलीको आलोचनामा समय खर्चिएका रावलले मातृभूमि जागरण अभियान राष्ट्रव्यापी अभियान चलाइने जानउनुभयो ।
    पार्टीका महाधिवेशनदेखि सरकार सञ्चालनसम्ममा अध्यक्ष ओलीले गरेका क्रियाकलापको असन्तुष्टि जाहेर गर्दै उहाँले नेपाली जनताको स्वाधीनताको भावनमा किन प्रहार गरेको ?, स्वतन्त्र मधेसको धारणा स्वीकार गर्नु स्वाधीन र अखण्ड नेपालको प्रधानमन्त्रीलाई सुहाउने काम हो ?, राजनीतिलाई अस्थिर बनाउने काममा किन लागेको ? लगायतका सयको हाराहारीमा प्रश्न गर्नुभएको छ।

    आफ्नो पार्टी सदस्यता खोसिएको गुनासो गरेका रावलले वैकल्पिक राजनीतिक शक्ति निर्माणको घोषणासहित अभियानमा लाग्ने जानकारी गराउनुभयो । अभियानका क्रममा भ्रष्टाचार र कुशासनका विरुद्ध जनतालाई जागरुक बनाउने उहाँको योजना छ । नयाँ पार्टी घोषणा नै गर्ने भनिएको पत्रकार सम्मेलनमा रावलले अभियान सञ्चालनपछि सोही अभियानलाई राजनीतिक पार्टीको रूपमा विकास गर्ने बताउनुभयो ।

    ‘देशमा देशभक्तिपूर्ण राजनीतिक शक्ति अपरिहार्य आवश्यक छ । यसैका निम्ति हाम्रो पाइला अघि बढ्ने छ’ –उहाँले भन्नुभयो। एमालेसहित अन्य दलका कारण जनतामा निराशा बढ्दै गएको र राष्ट्रिय स्वाधीनता पनि कमजोर बन्दै गएको रावलको आरोप छ।

    ‘यस्तो अवस्थामा राजनीतिक दल गम्भीर हुनुपथ्र्यो। तर, केपी ओली गुटले पार्टीलाई दिशाहीन बनाएको र धकेलेको छ। एमाले रंग खुइलिएको बामाले भएको छ। यो भन्नुपर्दा मलाई दुःख लागेको छ। अन्य कतिपय दल पनि सोही बाटोमा छन्’, उहाँले भन्नुभयो। देशलाई समृद्ध बनाउने र जनताको आवश्यकतालाई पूरा गर्ने जनमत र सरकारको आवश्यकता रहेको रावलको जिकिर छ।

    Post Views: 139
    प्रकाशित मिति: २०८१ पुष १८, बिहीबार ०९:४७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए
    राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !
    अमेरिकाको मेरिल्याण्डमा नेपाली मुलका सतीश चापागाईं डेलिगेट्सको चुनाव लड्दै
    Advertisement
    ताजा अपडेट
    • १. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • २. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ३. अमेरिकाको मेरिल्याण्डमा नेपाली मुलका सतीश चापागाईं डेलिगेट्सको चुनाव लड्दै

    • ४. परराष्ट्रमन्त्रीसँग मरिसस र सिंगापुरका मन्त्रीहरूको भेट

    • ५. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ३. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ४. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • ५. नेपालमा पोर्चुगिज दुतावास खोल्न हस्ताक्षर अभियान, बाणिज्यदुताबास खोल्ने संकेत !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.