• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

क्यानडामा २०२५ मा आफ्नो अभिभावकलाई पिआर दिलाउन नपाउने

  •  
  • २०८१ पुष २३, मंगलवार १०:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    तपाई आफ्नो अभिभावकलाई क्यानडा लगेर संगै राख्ने गरी ग्रीन कार्ड बनाईदिने तयारी गर्दै हुनुहुन्छ भने अब त्यो प्रक्रिया रोकिएको छ । क्यानडाले २०२५ मा अभिभावक र हजुरआमा–हजुरबुबा प्रायोजन कार्यक्रम अन्तर्गत स्थायी बसोबासको लागि नयाँ आवेदन लिन रोकेको छ । क्यानडाको आप्रवासन, शरणार्थी र नागरिकता विभागले भनेको छ कि २०२४ मा पेश गरिएका परिवार प्रायोजन आवेदनहरू मात्र प्रक्रिया गरिनेछ अरु रोकिने जनाएको छ ।

    २०२५ मा आप्रवासन, शरणार्थी र नागरिकता विभागले १५ हजार भन्दा बढी प्रायोजन आवेदन प्रक्रिया नगर्ने योजना बनाएको छ । सुपर भिसाको विकल्प क्यानडाका नागरिक र स्थायी बासिन्दाहरूले आफ्ना अभिभावक र हजुरआमा–हजुरबुबालाई लामो समयसम्म क्यानडामा बस्न चाहेको खण्डमा सुपर भिसाको विकल्प उपयोग गर्न सक्छन् ।

    सुपर भिसाले एक पटकको बसाइका लागि पाँच वर्षसम्मको अनुमति दिन्छ । अभिभावक र हजुरआमा–हजुरबुबा प्रायोजन कार्यक्रम के हो आम मानिसका लागि नयाँ हुन सक्दछ । यो कार्यक्रम क्यानडाका नागरिक र स्थायी बासिन्दाहरूलाई आफ्ना अभिभावक वा हजुरआमा–हजुरबुबालाई क्यानडामा स्थायी बसोबासको लागि प्रायोजन गर्न सक्षम बनाउने एक नयाँ नियम हो ।

    यो कार्यक्रम लटरी प्रणालीमा आधारित छ । आवेदन दिने इच्छुक प्रायोजकहरूको सख्या उपलब्ध स्थानभन्दा धेरै भएकाले, आवेदन निमन्त्रणा लटरीमार्फत पठाइन्छ । २०२० देखि २०२४ सम्म, ले २०२० आप्रवासन, शरणार्थी र नागरिकता विभागको इन्टेक अवधि दौरान पेस गरिएका चासोका फारमहरूमा आधारित भएर निमन्त्रणा पठाउँदै आएको थियो ।

    आप्रवासन, शरणार्थी र नागरिकता विभागले २०२५ का लागि स्थायी बासिन्दाको आप्रवासन लक्ष्यमा कटौती लक्ष्यलाई २० प्रतिशतले घटाएको छ । यसले अभिभावक र हजुरआमा–हजुरबुबा प्रायोजन कार्यक्रम अन्तर्गतका कोटामा प्रभाव पारेको छ ।

    २०२५ का लागि २४ हजार ५०० विदेशी नागरिकहरूलाई स्थायी बसोबास प्रदान गर्ने लक्ष्य राखिएको छ । अघिल्लो लक्ष्यको तुलनामा यो निकै कमी हो । २०२३ मा सार्वजनिक गरिएको आप्रवासन स्तर योजनाले २०२४ का लागि ३२ हजार र २०२५ का लागि ३४ हजारको लक्ष्य निर्धारण गरेको थियो । यो लक्ष्यको तुलनामा नयाँ लक्ष्य उल्लेखनीय रूपमा कम भएको टाईम अफ ईण्डियाको समाचारमा उल्लेख गरिएको छ ।

    Post Views: 279
    प्रकाशित मिति: २०८१ पुष २३, मंगलवार १०:०४
    Advertisement
    संबन्धित शिर्षकहरु
    स्विट्जरल्याण्डमा ‘नेपाल टेक रोड शो’ सम्पन्न, नेपाली आईटी क्षेत्रको क्षमता प्रस्तुत
    दर्शनमा प्रश्न र प्रश्नमा दर्शन मिसिएको पर्या महाकाव्य : कल्प
    अमेरिकी कंग्रेसमा भोटेकोशी बाढीपछि टिपिएस दिनुपर्ने माग
    Advertisement
    ताजा अपडेट
    • १. स्विट्जरल्याण्डमा ‘नेपाल टेक रोड शो’ सम्पन्न, नेपाली आईटी क्षेत्रको क्षमता प्रस्तुत

    • २. दर्शनमा प्रश्न र प्रश्नमा दर्शन मिसिएको पर्या महाकाव्य : कल्प

    • ३. अमेरिकी कंग्रेसमा भोटेकोशी बाढीपछि टिपिएस दिनुपर्ने माग

    • ४. संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाहको सम्बोधन (पूर्णपाठ)

    • ५. अबैध आप्रवासीलाई तेश्रो देशमा डिर्पोट गर्न पाउनुपर्ने भन्दै ट्रम्प प्रशासनद्धारा सर्वोच्च अदालतमा निवेदन

    चर्चित
    • १. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • २. परराष्ट्रमन्त्रि खनाल राष्ट्रसंघ बैठकमा भाग लिन अमेरिका प्रस्थान, प्रधानमन्त्रि असोज ६ मा जाने

    • ३. धुर्मुस सुन्तलीको “म त मर्छुकी क्या हो” हाँस्य श्रृखला अमेरिकाबाट निर्माण शुरु

    • ४. अर्थमन्त्रि वाग्लेले प्रधानमन्त्रि शाहलाई पढ्न दिएको पुस्तक ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’को सांकेतिक अर्थ र पुस्तकको सारंश

    • ५. प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.