• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

जर्मनी र फ्रान्सद्धारा ट्रम्पलाई चेतावनी, ग्रीनल्याण्ड जोगाउन यूरोपेली यूनियन एकजुट

  •  
  • २०८१ पुष २५, बिहीबार ०६:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    यूरोपेली यूनियनकै प्रमुख ठुला देश जर्मनी र फ्रान्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाईलाई लिएर अर्काको सार्वभौमिकतामाथी प्रश्न नगर्न चेतावनी दिएका छन । जर्मनी चान्सलर र फ्रान्सका विदेशमन्त्रिले ट्रम्पलाई आफ्नो भुमि बल प्रयोग गरेर सीमा सार्ने कुनै पनि प्रयासविरुद्ध चेतावनी दिएका छन् । जर्मनीका चान्सलर ओलाफ स्कोल्जले टेलिभिजन सम्बोधनमा भने, ट्रम्पको टिप्पणीले युरोपेली नेताहरूमा असमझदारी उत्पन्न गरेको भन्दै सीमाको अक्षुण्णताको सिद्धान्त हरेक देशमा लागू हुन्छ चाहे त्यो हाम्रो पूर्वतिर होस् वा पश्चिमतिर र हरेक देशले यसको सम्मान गर्नुपर्छ, चाहे त्यो सानो देश होस् वा एकदम शक्तिशाली राष्ट्र ।

    यसअघि, फ्रान्सका विदेशमन्त्री जीन–नोएल बारोटले युरोप अन्तर्राष्ट्रिय कानूनको बचाउमा उभिने बताएका थिए । ईयूले विश्वका कुनै पनि राष्ट्रलाई, जसले यसको सार्वभौम सीमामा आक्रमण गर्छ, अनुमति दिने प्रश्न नै छैन । बारोटले अमेरिकाले ग्रीनल्याण्डमा आक्रमण गर्नेछ भन्ने मलाई विश्वास छैन, तर हामी यस्तो युगमा प्रवेश गरेका छौं जहाँ ’शक्तिशालीको कानून’ फिर्ता देखिन्छ ।

    डेनमार्कले डोनाल्ड ट्रम्पसँग ग्रीनल्याण्डका सन्दर्भमा उनका वैध सुरक्षा चासोहरू सम्बोधन गर्न सहकार्यको लागि संवाद गर्न तयार रहेको बताएको छ, तर बल प्रयोग वा दबाबको कुनै पनि धम्की अस्वीकार गरेको छ । डेनिश विदेशमन्त्री लार्स लोके रासमुसेनले छलफलमा तनाव घटाउनु सबैका लागि हितकर हुनेछ भन्दै त्यस्तो धम्कीबाट नडराउने बताएका छन । यसैबीचमा ग्रीनल्याण्डको नूक सहरमा ट्रम्पको विमान पुगेको समाचरा पनि प्रकासिशत भएका छन ।

    ट्रम्पको भनाई संगै डेनमार्क दुबिधामा परेको छ । ट्रम्पले अमेरिकी भू–रणनीतिक कारणले ग्रीनल्याण्ड कब्जा गर्ने गम्भीर धम्की दिन थालेका छन् भने, ग्रीनल्याण्डको राजनीतिक वर्गले डेनमार्कबाट पूर्ण स्वतन्त्रताको माग बढाउँदै लगेको छ । ग्रीनल्याण्डका प्रधानमन्त्री म्यूटे बी एगडेले बुधबार कोपेनहेगनमा डेनमार्कका राजासंग वार्ता गरेका थिए, ट्रम्पको टिप्पणीले खनिज–सम्पन्न र रणनीतिक रूपमा महत्वपूर्ण यस टापुको भविष्यलाई चर्चाको केन्द्रमा ल्याएको छ । नयाँ वर्षको सम्बोधनमा, एगडेले भनेका थिए कि ग्रीनल्याण्ड अब “उपनिवेशवादको साङ्लो तोड्ने“ प्रयासमा अर्को ठूलो कदम चाल्न तयार छ । स्वतन्त्रताको लागि जनमत संग्रहको बाटो खोल्ने स्वशासन ऐन पहिले नै पारित भएको छ । स्थानीय चुनावहरू अप्रिलमा हुनेछन्, जसले ग्रीनल्याण्डको संवैधानिक भविष्यमा जनमतको परीक्षा लिन सक्छ ।

    Post Views: 200
    प्रकाशित मिति: २०८१ पुष २५, बिहीबार ०६:२१
    Advertisement
    संबन्धित शिर्षकहरु
    नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !
    कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य
    नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता
    Advertisement
    ताजा अपडेट
    • १. नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • ५. एलनिनो तीव्र बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ्ने

    चर्चित
    • १. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

    • ५. फिफा विश्वकप २०२६: अर्जेन्टिना अन्तिम १६ मा, कडा टक्कर दिएर बाहिरियो केप भर्डे

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.