• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

मेक्सिकोबाट छिरेर अमेरिका निस्कने सुरुंगमार्ग भेटियो, कस्ता छन अरु ५ सुरुंगमार्ग ?

  •  
  • २०८१ पुष २८, आईतवार ११:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी गृह सुरक्षा अनुसन्धानका विशेष एजेन्टहरूले अमेरिका मेक्सिको बोर्डरमा जनवरी १० मा एल पासो र सियुदाद जुआरेजलाई जोड्ने सुरुंगमार्ग पत्ता लगाएका छन् । एल पासोका अनुसार, सुरुंग निर्माण र सन्चालनमा संलग्नहरुको खोजी कार्य जारी रहेको जनाइएको छ । अमेरिकी सुरक्षाकर्मीले बोर्डर पेट्रोल अधिकारीहरूले सुरुंगलाई “ऐतिहासिक खोज” भनेका छन् । स्मरणीय के छ भने यस्ता सुरुंगमार्गबाट अबैध लागु औषध र आप्रवासीलाई अमेरिका पठाउन प्रयोग गरिन्छ । यस अघि पनि अमेरिकी सुरक्षा अधिकारीहरुले अमेरिका मेक्सिको बोर्डरमा यस्ता अरु सुरुंग मार्गहरु पत्ता आएका थिए ।

    “तस्करी सुरुंग“ को उत्खनन गर्दा, उनीहरूले सुरुंग अमेरिकी–मेक्सिको सीमाको मुनिबाट दक्षिण–मध्य एल पासोको बून स्ट्रिटको आँधी पानी नालीमा जोडिएको पत्ता लगाएका छन । सुरुंगको चौडाइ लगभग ४ फिट र उचाइ ६ फिट रहेको छ । जसबाट सजिलै मानिस ओहोर दोहोर गर्न मिल्दछ । सुरुंग काठका खम्बाहरूले बनाइएको छ, बिजुली, वेंटिलेसन प्रणाली रहेको छ, र यो गत वर्षभित्र निर्माण गरिएको देखिन्छ ।

    बोर्डर पेट्रोलले शुक्रबार बिहानै सुरुंग फेला पारेको हो, जसले जुआरेजबाट एल पासोको आँधी पानी नाली प्रणालीमा प्रवेश गर्दछ । बोर्डर पेट्रोलका अनुसार, सुरुंगमा प्रकाश व्यवस्था, वेंटिलेसन प्रणाली छ, र यो पुरै क्षेत्रमा काठका खम्बाहरूबाट निर्माण गरिएको छ । अन्तर्राष्ट्रिय आपराधिक संगठनहरूले मानिस र अवैध वस्तुहरू भूमिगत सारेर पत्ता नलाग्ने सोच्न ठूलो गल्ती गर्छन् । यो पछिल्लो खोजले उनीहरूको परिष्कृत तस्करी नेटवर्कलाई तहसनहस गर्न हाम्रो क्षमताको महत्वपूर्ण उदाहरण हो” भनेका छन ।
    एल पासो सेक्टर बोर्डर पेट्रोल प्रमुख एन्थोनी “स्कट” गुडले भने, “अन्तर्राष्ट्रिय आपराधिक संगठनहरूद्वारा प्रयोग हुने यो तस्करी संरचना फेला पार्ने एजेन्टहरूप्रति हामी गर्वित छौं भन्दै हाम्रा एजेन्टहरू एल पासो सेक्टरको प्रत्येक वर्ग माइलमा खोज र निगरानीमा अडिग छन् ।

    यस अघि पनि अमेरिकी अधिकारीहरूले मेक्सिकोसँगको सीमामा लामो लामो सुरुंगमार्गहरु फेला परेको बताएका छन् । सन् २०२२ मा ४ हजार ३०९ फिट (१,३१३ मिटर) लामो यो सुरुंगमा लिफ्ट, रेल ट्र्याक, ड्रेनेज र हावाको वेंटिलेसन प्रणालीहरू, र उच्च भोल्टेजको बिजुली तारहरू रहेको पत्ता अगाएका थिए । त्यो सुरुंग मेक्सिकोको सहर तिजुआनाको एक औद्योगिक क्षेत्रलाई क्यालिफोर्नियाको सान डिएगो क्षेत्रसँग जोडेको थियो । मेक्सिकन अधिकारीहरूले यसको प्रवेशद्वार पत्ता लगाए र अमेरिकी अनुसन्धानकर्ताहरूले यसको नक्सा बनाएर सार्वजनिक गरिएको थियो । यो सुरुंग जमिनको सतहभन्दा औसतमा ७० फिट (२१ मिटर) गहिरो छ । यसको उचाइ ५.५ फिट र चौडाइ २ फिट रहेको अमेरिकी सीमा शुल्क र सीमा सुरक्षाले जनाएको छ । यसलाई बनाउन कति समय लाग्यो भन्ने स्पष्ट छैन ।

    २०१६ यता क्यालिफोर्नियाको मेक्सिको सीमामा एक दर्जनभन्दा बढी परिष्कृत सुरुंगहरू फेला परेका थिए । सान डिएगोमा २०१४ मा फेला परेको दोस्रो लामो सुरुंग २,९६६ फिट लामो थियो । विगतमा अमेरिका–मेक्सिको सीमामा भेटिएका सुरुंगहरूबाट अबैध रुपमा आप्रवासी अमेरिका लैजान प्रयोग गरिएको बताइएको छ । अगस्त २०१८ मा एरिजोना राज्यको एक पूर्वतर्फ मेक्सिकोसम्म ६०० फिट लामो सुरुंग फेला पारिएको छ । त्यसैगरी अप्रिल २०१६ मा सान डिएगोमा एक परिष्कृत सुरुंगलाई कोकिन र गाँजाको ठुलो भण्डार ढुवानी गर्न प्रयोग गरिएको थियो । त्यसैगरी मार्च २०१६मा मेक्सिकोको एउटा रेस्टुरेन्टबाट क्यालिफोर्नियाको एउटा घरसम्म सुरुंग रहेको थियो । अगस्त २०१५मा तिजुआनामा रेल, बत्ती र वेंटिलेसन भएको अधुरो सुरुंग फेला पारिएको थियो । यी सबै सुरुंग मार्गहरुबाट लागु औषध र अबैध आप्रवासी अमेरिका पठाउन प्रयोगमा आएको बताईन्छ ।

     

    Post Views: 220
    प्रकाशित मिति: २०८१ पुष २८, आईतवार ११:४३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई
    Advertisement
    ताजा अपडेट
    • १. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • २. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ३. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ४. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    • ५. अख्तियारमा उजुरीः स्थानीय तहमा भ्रष्ट्राचार बढेको की जनता सचेत भएका ?

    चर्चित
    • १. चुनाव बिथोलिने डरले जाँचबुझ आयोगको म्याद फागुन २४ (२५ दिन) सम्मलाई थपियो

    • २. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • ३. ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

    • ४. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.