• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

५ खर्ब अमेरिकी डलर बराबरको युक्रेनी ‘रेयर अर्थ मेटल’ खनिज जेलेन्स्कीले किन दिए अमेरिकालाई ?

  •  
  • २०८१ फाल्गुन १५, बिहीबार ०५:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्सकी अन्तत: अमेरिकालाई खनिजको स्वामित्व दिन तयार भएका छन् । दुई देशबीच बुधबार खनिज तथा पुनर्निर्माण सम्झौतामा सहमति जुटेको हो । सहमति भएसँगै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकाको भ्रमण गर्ने भएका छन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्की सहमतिमा हस्ताक्षर गर्न तयार रहेको बताएका छन् । त्यसका लागि जेलेन्स्की यसै साता ह्वाइट हाउस आइपुग्ने ट्रम्पको भनाइ छ । ‘युक्रेनी राष्ट्रपति शुक्रबार आउने भन्ने सुनेको छु,’ ट्रम्पले ओभल अफिसमा पत्रकारसँग भने, ‘पक्कै पनि यो मेरो साथ ठीक छ यदि उसले चाहन्छ भने । म बुझ्छु, यो ठूलो कुरा हो, धेरै ठूलो कुरा ।’

    केहि दिनयता युक्रेनी खनिजको स्वामित्वका विषयमा दुई देशबीच कुराकानी भइरहेको थियो । ‘हामीले वास्तवमै केही राम्रा परिमार्जनसहित त्यसमा सहमति जनाएका छौं । यसलाई सकारात्मक परिणामको रूपमा हेरेका छौँ,’ एक वरिष्ठ युक्रेनी अधिकारीले बीबीसीसँग भनेका छन् ।

    अमेरिकाले यसअघि ५ खर्ब अमेरिकी डलर बराबरको युक्रेनी ‘रेयर अर्थ मेटल’का साथै तेल तथा ग्यासलगायत प्राकृतिक स्रोतसाधनमा अधिकार दाबी गरेको थियो । तर अमेरिका त्यसमा भने केही पछि हटेको फाइनान्सियल टाइम्सले जनाएको छ । तर सहमतिमा यसअघि जेलेन्स्कीले राखेको युक्रेनको सुरक्षाबारे भने सहमतिले कुनै ग्यारेन्टी सुनिश्चितता नगरेको बीबीसीले जनाएको छ ।

    युक्रेनकी उपप्रधानमन्त्री ओल्गा स्टाफनीशिनले अमेरिकासँग हुन लागेको सम्झौता ‘पूरा तस्बिरको एउटा अंश मात्रै’ भएको बताएकी फाइनान्सियल टाइम्सले जनाएको छ । ‘हामीले अमेरिकी प्रशासनबाट कैयौंपटक सुनिसकेका छौं कि यो ठूलो तस्बिरको अंश मात्रै हो,’ अमेरिकासँग वार्ताको नेतृत्व गरेकी स्टाफनीसिनले भनिन् ।

    युक्रेनी समाचार वेबसाइट ‘युक्रेन्स्का प्राभ्दा’ले दुई देशबीच खनिजसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने तय भएको छ । त्यसमा दुई देशबीच पुनर्निर्माण लगानी कोष बनाउने सहमति पनि भएको वेबसाइटले जनाएको छ ।

    युक्रेनी अर्थमन्त्री युलिया स्विरिडेन्कोका अनुसार रुसले कब्जा गरेका क्षेत्रमा ३ खर्ब ५९ अर्ब डलर बराबरका स्रोत छन् । क्यानडाको भूगर्भ जोखिम सम्बन्धी परामर्शदाता निकायल सेकडेभका अनुसार रुसले युक्रेनको कम्तीमा आधा म्यांगनीज, सिजिअम, ट्यान्टलम र रेयर अर्थ भण्डारण आफ्नो कब्जामा लिएको छ । त्यस्तै रुसले युक्रेनको ६३ प्रतिशत कोइलाखानी कब्जा लिएको सेकडेभले जनाएको छ ।

    युक्रेनसँग खर्बौं डलर मूल्य बराबरको लिथियम, टाइटानियम र युरेनियमका साथै कोइला, ग्यास र तेलको भण्डार छ । युक्रेनमा विश्वमा पाइने ५ प्रतिशत महत्त्वपूर्ण कच्चा खनिज रहेको आकलन छ । युक्रेनी भूगर्भ सर्वेक्षण निकायका अनुसार युक्रेनमा एक करोड ९० लाख टन ग्राफाइट छ । ग्राफाइट विद्युतीय सवारी साधनमा प्रयोग हुने ब्याट्री बनाउन प्रयोग हुन्छ ।

    त्यस्तै, युक्रेन लिथियमका लागि युरोपकै तेस्रो धनी देश हो । लिथियम पनि हाल ब्याट्रीहरूमा प्रयोग हुने गरेको छ । रुसले आक्रमण गर्नुअघि विश्वमा पाइने टाइटानियम उत्पादनको ७ प्रतिशत हिस्सा युक्रेनमा थियो । हलुका धातु टाइटानियम विमान, ऊर्जा केन्द्र लगायतको निर्माणका लागि प्रयोग हुन्छ ।

    यसबाहेक युक्रेनसँग ‘रेअर अर्थ’ भनिने दुर्लभ खनिजहरू पनि छन् । डिस्प्रोसियम, नियोडिमियम र सेरियम नामक दुर्लभ खनिजहरु अर्थात ‘रेयर अर्थ’ १७ प्रकारका भारी धातुहरुका समूह हुन् । यी दुर्लभ खनिजहरू इलेक्ट्रोनिक्स, सैन्य उपकरण, विद्युतीय उपकरण बनाउन आवश्यक पर्छ ।

    यी खनिजको उत्खनन महँगो, जटिल र वातावरणीय दृष्टिकोणले संवेदनशील भएकाले दुर्लभ मानिन्छ । ‘लाइटबल्ब’देखि ‘गाइडेड मिसाइल’सम्म यी खनिजको प्रयोग हुन्छ । जस्तै युरोपियम टेलिभिजन स्क्रिन बनाउन प्रयोग हुन्छ । सेरियम सिसा पोलिस गर्न र तेल शुद्धीकरण गर्न प्रयोग गरिन्छ । ल्यानथानमले कारको ‘क्याटिलिटिक कनभर्टर’लाई प्रभावकारी बनाउन मद्दत गर्छ । नियोडिमियम र डिस्प्रोसियमले स्थायी र शक्तिशाली चुम्बक बनाउन आवश्यक हुन्छ । यसले समुन्द्रभित्र टर्बाइन स्थापना गर्न सम्भव हुन्छ ।

    यसअघि ट्रम्पले अमेरिकाले युद्धमा गरेको सहयोगका लागि युक्रेनले खनिजको आधा स्वामित्व दिनुपर्ने माग गरेका थिए । तर उक्त माग जेलेन्स्कीले अस्वीकार गरेका थिए । जसका कारण दुई नेताले एकअर्काको कडा आलोचना गरेका थिए ।

    ट्रम्पले जेलेन्स्कीकै कारण युद्ध सुरू भएको बताएका थिए । जेलेन्स्कीले ट्रम्पलाई रुसी दुष्प्रचारबाट प्रभावित भएको आरोप लगाएका थिए । तर ट्रम्पले जेलेन्स्की ‘तानाशाह’ भएको र उनी निर्वाचनबिना नै पदमा रहिरहेको बताएका थिए । ट्रम्प आक्रोशित भएपछि भने जेलेन्स्की सम्झौताका लागि लचिलो देखिएका थिए ।

    अमेरिकी प्रशासनसँग जुधेर अघि बढ्न सम्भव नभएको बुझेपछि जेलेन्स्की लचिलो बनेका हुन् । ट्रम्प रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग नजिकिएपछि उनीमाथि थप दबाब बढ्यो । त्यसमाथि अमेरिकाले संयुक्त राष्ट्रसंघमा भएको मतदानमा रुसको पक्षमा मत दियो । जसका कारण रुसी राष्ट्रपति पुटिनले कब्जामा लिएका युक्रेनी भू-भागसहित रुसका दुर्लभ खनिजहरूको उत्खनन गर्न अमेरिकासँग सहकार्यका लागि प्रस्ताव राखेपछि भने जेलेन्स्कीसँग सम्झौता गर्नुको विकल्प रहेन ।

    खनिज सम्झौता हुने तय भए पनि ट्रम्पले युक्रेनले लडाइँ जारी राख्ने हक राख्ने बताएका बीबीसीले जनाएको छ । ‘उनीहरू निकै साहसी छन्,’ ट्रम्पले संवाददाताहरूसँग भन, ‘तर अमेरिका, उसको पैसा र सैन्य उपकरणबिना यो युद्ध निकै छोटो समयमै सकिनेवाला थियो ।’

    युक्रेनमा अमेरिकले सैन्य हतियार तथा उपकरण आपूर्ति जारी गर्ने/नगर्ने विषयमा सोधिएको प्रश्नमा ट्रम्पले भनेका छन्, ‘हामीले रुससँग सम्झौता नगरेसम्म हुन पनि सक्छ । हामीबीच सम्झौता हुनुपर्छ । नभएसम्म त्यो जारी रहन्छ ।’ ट्रम्पले सबैलाई मान्य हुने शान्ति सम्झौतापछि युक्रेनमा शान्ति स्थापना हुनुपर्ने बताएका छन् ।

    मंगलबार ट्रम्पले युक्रेनका लागि अमेरिकाले ३ खर्बदेखि ३ खर्ब ५० अर्ब डलर दिएको बताएका थिए । ‘हामी उक्त पैसा फिर्ता चाहन्छौँ,’ उनले भने, ‘हामीले धेरै ठूलो समस्या हुँदा पनि उक्त देशलाई सहयोग गरिरहेका छौं । तर अमेरिकी करदाताहरूले अब त्यो पैसा जोडेर फिर्ता पाउने छन् ।’

    युक्रेनी राष्ट्रपति जेलेन्स्कीले गत सेप्टेम्बरमा आफ्ना पश्चिमा साझेदारहरूलाई रुसविरूद्धको युद्धबारे विजय योजना प्रस्तुत गरेका थिए । त्यसमा उनले देशका केही खनिज युद्धको अन्त्यमा पश्चिमा देशका कम्पनीलाई पहुँच दिने प्रस्ताव राखेका थिए । तर पछिल्लो समय अमेरिका र रुसबीच बढ्दो सम्बन्धका कारण युक्रेन र उसका युरोपेली सहयोगीहरू केही सजग देखिएका छन् ।

    Post Views: 131
    प्रकाशित मिति: २०८१ फाल्गुन १५, बिहीबार ०५:२१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई
    Advertisement
    ताजा अपडेट
    • १. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • २. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ३. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ४. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    • ५. अख्तियारमा उजुरीः स्थानीय तहमा भ्रष्ट्राचार बढेको की जनता सचेत भएका ?

    चर्चित
    • १. चुनाव बिथोलिने डरले जाँचबुझ आयोगको म्याद फागुन २४ (२५ दिन) सम्मलाई थपियो

    • २. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • ३. ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

    • ४. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.