• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा नेपाली भाषी भुटानीलाई दुखेको देश र राष्ट्रियता !

  •  
  • २०८१ चैत्र १७, आईतवार ०९:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    आखिर देश के हो र आफ्नो जन्मभुमिको महत्व कति छ भन्ने कुरा यदि कसैलाई महसुश भएको छ भने यतिखेर अमेरिकामा रहेका नेपाली भाषी भुटानीलाई भएको हुनुपर्दछ । नेपाली भाषा बोलेकै आधारमा भुटानबाट लखेटिएका नेपाली भाषी भुटानीहरु देश छोडेर नेपालमा शरण लिन बाध्य भए । नेपालीमा पनि शरणार्थी जीवन सजिलो कहाँ हुन्छ र नरकीय जीवन बिताएका भुटानीहरु अन्तराष्ट्र्रिय सहयोगका कारण अमेरिका पुगे । अमेरिका पुगे पनि उनिहरु पुर्ण रुपमा स्थापित नहुँदै विभिन्न अपराध कर्म गरेको नाममा अमेरिकी सरकारले दुई दर्जनभन्दा बढी पक्राउ गरिसकेको छ भने केहिलाई डिर्पोट पनि । केहि अझै डिर्पोटको प्रक्रियामा रहेको बताईन्छ । तर स्मरणीय कुरा डिर्पोट गर्ने कहाँ गर्ने भन्ने विषय जटिल थियो । अमेरिकी सरकारले भुटानलाई पत्र लेख्यो र डिपोर्ड गरिदियो । भुटानले डिपोर्ट गरिएकाहरु आफ्नो नागरिक नभएको भन्दै अस्वीकार गरेपछि फेरी जुन शरणबाट अमेरिका आएका थिए उनिहरु त्यहि शरण लिन बाध्य भएका छन ।

    विभिन्न समाचार माध्यमहरुका अनुसार अमेरिकी अध्यगमनले भुटानको न्यूयोर्कस्थित कन्सुलेटमा तीनवटा इमेल र पाँचवटा फोन कलहरू गरेर अमेरिकामा रहेका भुटानी शरणार्थीहरु डिपोर्ट गर्ने जानकारी गराउँदा भुटानको कन्सुलेटबाट कुनै जवाफ नआउँदै डिर्पोट गरिएको डब्लुआईतिएफ डट ओआरजीले जनाएको छ । यसको मतलव भुटानले आफ्नो नागरिक नभएको कारण डिपोर्ट अस्वीकार गरेको थियो । तैपनि अमेरिकाले भारतको नयाँ दिल्ली हुँदै भुटानको पारो विमानस्थलमा झारिदियो । भुटानपक्षले सम्बद्ध समाचार श्रोतका अनुसार त्यहाँ बस्न नमिल्ने भन्दै सिमानामा लगेर छोडेपनि उनिहरु नेपाल प्रवेश गरेको बताइएको छ ।

    नेपाली भाषी भुटानी शरणार्थीहरूको भुटान पुग्दा कसरी व्यवहार गरिनेछ भन्ने डर डिपोर्ट हुने सुचना पाएसंगै नभएको होईन । अमेरिकाले डिपोर्ट गरेका भुटानी शरणार्थीलाई भुटान सरकारले भारतीय सीमाबाटै फर्काएपछि दमकको बेलडाँगी शिविरमा पुगेपछि प्रहरीले पक्राउ गरेको छ । भारतको दिल्ली हुँदै भुटानको पारो विमानस्थलमा अवतरण गरेका उनीहरू शनिवार दिउँसो झापा दमकको शिविरमा भेटिएपछि पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । पक्राउ पर्नेमा ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङ छन् ।

    भुटानले तीन दशकअघि देश निकाला गरेका नागरिकलाई देशमा बस्न अनुमति दिएको छैन । पक्राउ परेका उनीहरूले भुटानमा बस्न नदिएपछि भारतीय भूमि हुँदै नेपाल आएको बयान प्रशासनलाई दिएका छन् । अमेरिकाबाट डिपोर्ट गरिएका भुटानी शरणार्थीले भारतको दिल्ली हुँदै भुटानको पारो विमानस्थलमा ओर्लिएको बयान दिएका छन् ।

    भmपामा पक्राउ परेकाहरु ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङलाई काँकडभिट्टा लगेर उतै फिर्ता पठाउने झापाका सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्यले जानकारी दिएका छन । अमेरिकाबाट चार जना भुटानी शरणार्थी डिपोर्ट भएका थिए । चार मध्ये तीन जना पक्राउ परे पनि अर्का एक जनाको खोजी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिएका छन । जिल्ला प्रशासन कार्यालय झापाले शुक्रवारदेखि नै निगरानी बढाएको थियो ।
    भुटानी अधिकारीहरूले डिपोर्ट भएका शरणार्थीहरूलाई भारतको सीमावर्ती सहर जयगाउँमा पु¥याएर देश निकाला गरेपछि उनिहरु नेपाल गएको बताईन्छ । भारतीय सुरक्षा बलहरूले उनीहरूलाई नेपाल–भारत सीमामा रहेको सहर पानीट्याङ्कीमा ल्याईदिएको बताइएको छ । वैध यात्रा कागजात नभएका कारणले नेपाली सीमा अधिकारीहरूले उनीहरूलाई प्रवेश गर्न दिएनन् । यो मुख्य प्रश्न भन्दा पनि अब अमेरिकामा रहेका नेपालीभाषी भुटानीहरुबीच त्राहिमाम बढेको छ । कारण जानीनजानी गरिने गल्तीहरुबाट अमेरिकी सरकारले डिपोर्ट गर्न थालेपछि आफ्नो गन्तव्य कहाँ हो अनिश्चित छ । लाखको हाराहारी रहेका भुटानीहरु अमेरिका आएको दशक वितिसके पनि कतिपयसंग अझै ग्रीन कार्डसमेत छैन । कारण उनिहरुले जुन प्रक्रियाबाट अमेरिका आए त्यसको नियमत एक बर्षभित्रमा गरेका कानुन उल्लंघनका कारण अझै स्थायी बसोबास नपाएका हुन । शरणार्थी भएर आउनेहरुलाई आउने वित्तिकै वर्क परमिट दिईन्छ र एकबर्षचित्र ग्रीन कार्ड प्रक्रियामा लैजान्छ । त्यहि परिक्षणकालमा अमेरिकी कानुन उल्लंघन गर्नेहरुले कार्ड पाएका छैनन । ग्रीन कार्ड भएकाहरु पुराना गल्तीमा सजाँय भोगी सकेपनि डिर्पोर्ट हुन थालेका छन । यसबाट के देखिन्छ भने आखिर देश विहिनहरुको देश कहि कतै छैन । यो एकाईसो शताब्दि हो । हामी भन्छौ ग्लोबलाईजेसनका कारण सम्पुर्ण पृथ्वी एउटै देश भन्ने बेलामा संसारभरका एक तिहाई मानिसको आफनो देश छैन ।

    संसारभर आप्रवासन एक विकास चुनौती हो । विश्वको कुल जनसंख्याको २.३ प्रतिशत, अर्थात् लगभग १ एक अर्ब ८४ करोड भन्दा व्यक्ति, आफ्नो राष्ट्रियताको देश बाहिर बसोबास गर्दैछन् । तीमध्ये आधा भन्दा बढी व्यक्ति कम–राष्ट्रिय र मध्य–आय भएका देशहरूमा छन् । त्यसमा पनि पछिल्लो दशकमा शरणार्थीहरूको संख्या दुई गुणा भन्दा बढी वृद्धि भएको सयूक्त राष्ट्रसंघको एक अध्ययनले देखाएको छ । २०२२ को मध्यसम्म, विश्वभर लगभग ४० करोड मानिसहरु शरणार्थी जीवन यापन गरिरहेका छन । युद्ध वा जलवायू परिवर्तनका कारण यो क्रम झन बढ्दो छ । विश्व अर्थतन्त्रका असंतुलनहरू, भिन्न–भिन्न जनसांख्यिकी प्रवृत्तिहरू र जलवायु परिवर्तनसँग जुझिरहेको बेला आगामी दशकीय अवधिमा सबै आय स्तरका देशहरूका लागि यो गंभीर चुनौति बन्ने छ । त्यसमा पनि संसारभर शक्तिसम्पन्न मुलुकहरुले राष्ट्रिवादी नारा लिएर आप्रवासन कडाई गरी रहेको बेला शरणार्थी जस्तो विषय कष्टकर बन्ने निश्चित छ ।

    Post Views: 170
    प्रकाशित मिति: २०८१ चैत्र १७, आईतवार ०९:१०
    Advertisement
    संबन्धित शिर्षकहरु
    कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार
    अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण
    आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै
    Advertisement
    ताजा अपडेट
    • १. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • २. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • ३. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    • ४. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ५. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    चर्चित
    • १. अमेरिकाको क्यालिफोनियामा आदिकवि भानुभक्तको पुर्ण कदको शालिक अनावरण

    • २. ६० हजार अघि अफ्रिकाबाट बसाइँसराइको शुरुवात :आधुनिक मानव अफ्रिकाबाट निस्किएपछि कहाँ पुगे?

    • ३. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ४. कन्सल्टेन्सीले २५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने नयाँ नियम, विधार्थी अलपत्र परे कन्सल्टेन्सी जिम्मेवार

    • ५. आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.