• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अष्ट्रेलियामा हुन लागेको “आप्रवासी बिरोधी” आन्दोलन के हो र किन हुँदैछ ?

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण ३१, शुक्रबार ०७:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    आप्रवासी बाहुल्यता बढ्दै गएको अष्ट्रेलियामा यहि महिनाको अन्तिम दिन अगष्ट ३१ को आप्रवासीबिरुद्ध देशव्यापी प्रर्दशन हुन लागेको छ । जसलाई अष्ट्रेलियन सरकारले सुरक्षा व्यवस्था कडाई गरिएको जनाएको छ । राजधानीलगायत मुख्य शहरहरूमा प्रहरीले अगस्ट ३१ का लागि योजनाबद्ध गरिएको “अष्ट्रेलिया पहिलो” नामक सामूहिक आप्रवासनविरुद्धको दक्षिणपन्थी प्रदर्शनहरूलाई लिएर सतर्कता अपनाएको छ । हालैका दिनहरूमा यो कार्यक्रमको प्रचार गर्दै बनाइएका फ्लायर र भिडियोहरू भिडियोहरु भाइरल भएका छन्, जसले अनलाइनमा मतभेद र बहसहरु निम्त्याएको छ ।

    “अष्ट्रेलिया, उठ्ने समय आयो,“ भनी एक फ्लायरमा लेखिएको छ जुन सामाजिक सञ्जालमा व्यापक रूपमा साझा गरिएको छ । सो फ्लायरअनुसार सिड्नी, मेलबर्न, ब्रिसबेन, पर्थ, एडिलेड र क्यानबेरामा र्यालीहरू आयोजना गरिने बताइएको छ । “यो कार्यक्रम हाम्रो संस्कृति, हाम्रो विरासत, हाम्रो जीवनशैलीको संरक्षणका लागि हो, र सामूहिक आप्रवासन अन्त्य गर्ने चाहनासहित आयोजना गरिएको बताइएको छ । अष्ट्रेलिया पहिलो, विदेशी झन्डाहरूलाई अनुमति छैन,” लगायत फ्लायरमा भनिएको छ । फ्लायरले यो अभियानलाई “१०० प्रतिशत स्वाभाविक र जनस्तरबाट सुरु भएको” दाबी गरिएको छ । “यो कार्यक्रम शान्तिपूर्ण हो र घृणा वा हिंसालाई उत्तेजित गर्ने उद्देश्य होइन,” भनिएको छ ।

    त्यस्तै अर्को फ्लायरमा लेखिएको छः “हाम्रो देश फिर्ता लिने समय आयो । हाम्रो जीवनशैलीको रक्षा गर्ने समय आयो । हाम्रो संस्कृतिको रक्षा गर्ने समय आयो । सामूहिक आप्रवासन तत्काल रोक्नुहोस् ।” यी कार्यक्रमहरू कसले आयोजना गरिरहेको छ भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन । “अगस्ट ३१ मा, अष्ट्रेलियाभरि रहेका सबै जातिवादीहरू एउटै ठाउँमा जम्मा गराएर ’मार्च फर अष्ट्रेलिया’ नाममा एउटा राष्ट्रिय प्रदर्शन हुन गइरहेको छ । उनीहरूले यसलाई जीवनयापन खर्चको मुद्दा भनेर दाबी गर्छन्, अष्ट्रेलियालाई फेरि फिर्ता ल्याउने अभियान भनेर दाबी गर्छन् तर अष्ट्रेलियालाई कसबाट फिर्ता लिने भन्ने कुरा कसैलाई भन्ने स्पष्ट छैन । यो आन्दोलन कुनै राजनीतिक शक्तिको आडमा भएको हुन सक्दछ तर अहिले कुर्नै राजनीतिक दलले त्यसमा आफ्नो संलग्ना देखाएका छैनन ।

    विश्वभरी नै यतिखेर आप्रवासीमाथी प्रहारहरु बढी रहेको छ । विभिन्न समुह वा राजनीतिक दलहरु आफ्नो चुनावी अभियानलाई प्रचारका रुपमा अभियान बनाई रहेका छन । जसबाट आफ्नो सत्ताको रोटी पाकोस । अमेरिकाबाट शुरु भएको यो आप्रबासीबिरोधी अभियान विश्वभर फैलिनसक्ने राजनीतिक पण्डितहरुले पहिले नै भन्दै आएका हुन ।

    Post Views: 416
    प्रकाशित मिति: २०८२ श्रावण ३१, शुक्रबार ०७:४८
    Advertisement
    संबन्धित शिर्षकहरु
    भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?
    अमेरिकाको न्यु ह्याम्पसायर प्रतिनिधिसभाका लागि विश्वबहादुर शाह डेमोक्रेटिक प्राइमरीमा निर्वाचित
    पोर्चुगलका चर्चित शेफ टंक सापकोटाद्वारा बाढीपीडितका लागि रु ५१ लाखभन्दा बढी सहयोग
    Advertisement
    ताजा अपडेट
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकाको न्यु ह्याम्पसायर प्रतिनिधिसभाका लागि विश्वबहादुर शाह डेमोक्रेटिक प्राइमरीमा निर्वाचित

    • ३. पोर्चुगलका चर्चित शेफ टंक सापकोटाद्वारा बाढीपीडितका लागि रु ५१ लाखभन्दा बढी सहयोग

    • ४. पञ्जराँ : दानधर्म, करुणा र दीपंकर बुद्धको स्मरण गर्ने पर्व

    • ५. इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा १४ सय कामदारको माग, यसरी हुन्छ जीटुजी प्रणालीबाट कामदार छनौट

    चर्चित
    • १. अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !

    • २. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ३. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • ४. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    • ५. पञ्जराँ : दानधर्म, करुणा र दीपंकर बुद्धको स्मरण गर्ने पर्व

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.