• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

क्यानडामा कलेज फि बढाएपछि अन्तर्राष्ट्रिय विद्यार्थीहरु आर्थिक अभाव झेल्दै

  •  खबरमाला संवाददाता
  • २०८२ चैत्र ३, मंगलवार ०४:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    गुणस्तरीय शिक्षा हासिल गर्ने सपना लिएर क्यानडा जाने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले बढ्दो ट्युशन शुल्क र उनीहरूले काम गर्न पाउने सीमाका कारण आफ्नो सपना पूरा गर्न अझ कठिन भइरहेको छ । एकातिर काम कम गर्न पाईने अर्कोतिर महंगो शुल्क र बढ्दो महंगीले गर्दा अन्तर्राष्ट्रिय विधार्थीहरुको दैनिक जनजिवन कष्टकर बन्दै गईरहेको एक अनुसन्धानले देखाएको छ ।

    राम्रो शिक्षा पाउने सपना लिएर क्यानडा आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि बढ्दो ट्युशन शुल्क र काम गर्ने घण्टामा लगाइएका सीमाले ती सपना हासिल गर्न झन् कठिन बनाइरहेको हो । अर्कोतर्फ विगतमा जस्तो सजिलै काम नपाउने , सजिलै स्थायी अनुमति पत्र पनि नपाउने कारण विधार्थीहरु घट्ने अनुमान पगि सोही अनुसन्धानले देखाएको छ । यतिखेर क्यानडा मात्रै होईन अमेरिकामा पनि विदेशी विधार्थीहरुले उस्तै समस्या झेली रहेका छन । एकातिर महंगी अर्कोतिर काम गर्न नपाईने र सजिलै काम पनि नपाउने अवस्थाले अमेरिकामा पनि विधार्थीहरुले उस्तै समस्या झेली रहेका छन ।

    विश्वव्यापी रुपमा आप्रवासन प्रणालीमा आएको कडाईका कारण भविष्यका लागि प्रवासमा पुगेका लार्खौ विधार्थी आर्थिक अभाव झेल्न परेको बताइएको छ । क्यानडाको शिक्षाको आफ्नै मूल्य छ र क्यानडालाई पनि कामदार चाहिन्छ, र हामी त्यही प्रदान गर्छौँ,” कर्टेनेस्थित नर्थ आइल्यान्ड कलेजका विद्यार्थी तथा नर्थ आइल्यान्ड स्टुडेन्ट्स युनियनका अध्यक्ष गुरजित सिंहले चेक न्यूसस)ग बताएका छन । ठुलो सख्यामा भारतीय विधार्थी रहेको क्यानडामा उनिहरु कतिपय फर्किने अवस्था बनेको दावी गरिएका छन । तर आप्रवासन नियन्त्रण गर्न तथा आवास र स्वास्थ्य सेवामा पर्ने दबाब कम गर्न संघीय सरकारले केही वर्षदेखि क्यानडामा प्रवेश गर्न पाउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या घटाउँदै आएको छ। क्यानडामा ठुलो सख्यामा नेपाली विधार्थीहरु पनि रहेकोले उनिहरु पनि उस्तै समस्याबाट अछुतो रहने कुरै भएन ।

    यसका कारण कलेज र विश्वविद्यालयहरू ठूलो बजेट घाटामा परिरहेका छन्, किनकि अन्तर्राष्ट्रिय विद्यार्थीहरूले स्वदेशी विद्यार्थीहरूभन्दा बढी ट्युशन शुल्क तिर्नु पर्ने बाध्यता छ । यस वर्ष नर्थ आइल्यान्ड कलेजले ट्युशन शुल्कबाट ८ दशमलव ४ मिलियन डलर गुमाउन सक्ने भएकाले १३ जनालाई रोजगारी कटौतीको सूचना दिनुपरेको बताइएको थियो । जसमा १५ वटा कार्यक्रम स्थगित गर्नुपरेको र यहाँ अझै आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि ट्युशन शुल्क पनि बढाइएको छ। विश्वविधालयहरुले हरेक वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको शुल्क बढाइरहेका छन्, किनकि घरेलु विद्यार्थीहरूमा जस्तो यसमा कुनै सीमा छैन । नर्थ आइल्यान्ड स्टुडेन्ट्स युनियनकी कार्यकारी निर्देशक क्यारिसा विल्सनले बताएकी छिन ।

    सेप्टेम्बरमा नर्थ आइल्यान्ड कलेजले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको ट्युशन शुल्क ३ प्रतिशतले बढाउने निर्णय गरेको थियो, जबकि घरेलु विद्यार्थीहरूको शुल्क २ प्रतिशतले बढाइएको थियो। सिंहका अनुसार यसले पहिले नै कठिन अवस्थामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको स्थिति अझै कठिन बनाउनेछ। सरकारी तथ्यांकअनुसार सन् २०२४ मा ४ लाख ८३ हजार ६ सय ५५ आप्रवासी क्यानाडा आएका थिए भने सन् २०२५ मा यो संख्या घटेर ३ लाख ९३ हजार ५ सय ३० मा सीमित भएको छ। कोरोना महामारीको समयलाई छाड्ने हो भने एक दशकयताकै यो सबैभन्दा न्यून स्तर हो। क्यानाडाले विगत १० वर्षदेखि अपनाउँदै आएको तीव्र आप्रवासनको नीतिमा यो एउटा ठूलो परिवर्तन मानिएको छ।

    विभिन्न अन्तराष्ट्रिय समाचारहरुबाट

    Post Views: 183
    प्रकाशित मिति: २०८२ चैत्र ३, मंगलवार ०४:५८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज
    क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा
    Advertisement
    ताजा अपडेट
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ३. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    • ४. अमेरिकामा डा. चन्द्र गिरीको उपन्यास “डंकी : सपनाको कालबाटो” को आवरण सार्वजनिक

    • ५. अमेरिका र चिनसहित १३ देशका लागि राजदूत पदमा आवेदन खुल्ला

    चर्चित
    • १. अमेरिकामा ग्रीनकार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. १ अर्ब २० करोड मानिस मानसिक रोगीः अध्ययन

    • ५. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.