• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाईनलमा प्रबेश

  •  खबरमाला संवाददाता
  • २०८३ असार ३१, बुधबार ०६:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    साविक उपविजेता फ्रान्सलाई २-० गोलले पराजित गर्दै स्पेनले  फिफा विश्वकप २०२६ को फाइनलमा स्थान पक्का गरेको छ।  सेमिफाइनलमा बलियो मानिएको फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको दोस्रो उपाधि नजिक पुगेको हो।  अब आइतबार हुने फाइनलमा स्पेनले इंग्ल्यान्ड वा अर्जेन्टिनामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ।

    अमेरिकाको डलासमा भएको खेलमा स्पेनले सुरुदेखि अन्त्यसम्म नियन्त्रण जमायो। फ्रान्सका विश्वविख्यात स्ट्राइकरहरूलाई स्पेनको रक्षापंक्तिले पूर्ण रूपमा रोकेर राख्यो।

    स्पेनका लागि मिकेल ओयार्जाबाल र पेड्रो पोरोले गोल गरे। खेलको पहिलो हाफको फ्रान्सका डिफेन्डर लुकास डिनले स्पेनका युवा खेलाडी लामिन यामललाई डि-बक्सभित्र लडाएपछि स्पेनले पेनाल्टी पायो। उक्त पेनाल्टीलाई मिकेल ओयार्जाबालले निकै आत्मविश्वासका साथ गोलमा परिणत गरे।

    दोस्रो हाफमा पेड्रो पोरोले डानी ओल्मोसँग सुन्दर ‘वान-टु’ पास खेल्दै नजिकैको पोस्टबाट सानदार गोल गरे र स्पेनको जित पक्का गरे। यस विश्वकपमा स्पेनको रक्षापंक्ति निकैं मजबुत देखिएको छ। स्पेनले सात खेलमा मात्र एक गोल खाएका छन्। फ्रान्सका स्टार खेलाडी किलियन एम्बाप्पेले समेत खेलको ८१ औं मिनेटसम्म गोलको एउटा पनि प्रहार गर्न सकेनन्। एम्बाप्पेले स्पेनका गोलकिपर उनाई सिमोनलाई फाउल गरेपछि उनले पहेँलो कार्ड समेत पाएका थिए।

    लगातार तेस्रो पटक विश्वकप फाइनल पुग्ने फ्रान्सको सपना यसपालि अधुरै रह्यो। यो हारसँगै फ्रान्सेली प्रशिक्षक डिडिएर डेसच्याम्प्सको १४ वर्ष लामो कार्यकाल पनि समाप्त भएको छ। फ्रान्सले अब तेस्रो स्थानका लागि शनिबार खेल्नेछ।

    स्पेनका कप्तान रोड्रिले मध्यभागबाट खेललाई पूर्ण नियन्त्रणमा राखेका थिए। युवा स्टार यामलले फ्रान्सेली डिफेन्डरहरूलाई निकै तनाव दिए। पेनाल्टी पनि उनकै कारण प्राप्त भएको थियो। स्पेनले आफ्नो इतिहासमा दोस्रो पटक विश्वकप जित्ने दाउमा छ। यसअघि २०१० मा स्पेनले उपाधि जितेको थियो।

    Post Views: 114
    प्रकाशित मिति: २०८३ असार ३१, बुधबार ०६:१०
    Advertisement
    संबन्धित शिर्षकहरु
    भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?
    अमेरिकाको न्यु ह्याम्पसायर प्रतिनिधिसभाका लागि विश्वबहादुर शाह डेमोक्रेटिक प्राइमरीमा निर्वाचित
    पोर्चुगलका चर्चित शेफ टंक सापकोटाद्वारा बाढीपीडितका लागि रु ५१ लाखभन्दा बढी सहयोग
    Advertisement
    ताजा अपडेट
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकाको न्यु ह्याम्पसायर प्रतिनिधिसभाका लागि विश्वबहादुर शाह डेमोक्रेटिक प्राइमरीमा निर्वाचित

    • ३. पोर्चुगलका चर्चित शेफ टंक सापकोटाद्वारा बाढीपीडितका लागि रु ५१ लाखभन्दा बढी सहयोग

    • ४. पञ्जराँ : दानधर्म, करुणा र दीपंकर बुद्धको स्मरण गर्ने पर्व

    • ५. इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा १४ सय कामदारको माग, यसरी हुन्छ जीटुजी प्रणालीबाट कामदार छनौट

    चर्चित
    • १. अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !

    • २. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • ३. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ४. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    • ५. पञ्जराँ : दानधर्म, करुणा र दीपंकर बुद्धको स्मरण गर्ने पर्व

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.