• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

  •  खबरमाला संवाददाता
  • २०८३ असार ३२, बिहीबार ०६:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग भिड्ने भएको छ । अमेरिकाको एटलान्टामा भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई २-१ ले पराजित गर्लै अर्जेन्टिनाले स्पेनसँग उपाधि भेट पक्का गरेको हो । एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल गरेपछि अर्जेन्टिनाले एक गोलले पछि परेको स्थिती उल्टाउँदै इंग्ल्यान्डलाई हराएको हो । विश्वकपमा सातौं पटक सेमिफाइनलमा पुगेको अर्जेन्टिनाले सेमिफाइनलमा अपराजित यात्रालाई निरन्तरता दिएको हो ।

    अब अर्जेन्टिना र स्पेनबीच फाइनल खेल जुलाई २० सोमबार विहान अमेरिकाको न्यु योर्क न्युजर्सी स्टेडियममा हुनेछ । यस्तै तेस्रो स्थानको लागि आइतबार विहान फ्रान्स र इंग्ल्यान्डबीच खेल हुनेछ । साविक विजेता अर्जेन्टिनाले समूह चरणको खेलमा सहज जित हात पारेपनि नकआउट चरणका खेलहरुमा संघर्ष गर्दै आएको थियो । नकआउट चरणमा अन्तिम समयमा गोल गर्देै खेल जित्ने देखि कमब्याक जित हात पार्ने अर्जेन्टिनाले सेमिफाइनलमा पनि त्यही गर्‍यो । अर्जेन्टिनाले समूह चरणको पहिलो खेलमा अल्जेरियालाई ३–० ले पराजित गरस्दा कप्तान लियोनल मेसीले ह्याट्रिक गरेका थिए । यस्तै  अस्ट्रियालाई २–० र जोर्डनलाई ३–१ ले हराउँदै अर्जेन्टिनाले शतप्रतिशत नतिजासहित समूह विजेता बनेर नकबउट चरणको यात्रा तय गरेको थियो ।

    राउण्ड अफ ३२ मा डेब्युटान्ट केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले पराजित गरेको अर्जेन्टिनाले प्रि क्वाटरफाइनलमा इजिप्ट विरुद्ध अन्तिम समयमा पुनरागमन गर्दै ३-२ कै जित हात पारेको थियो । यस्तै क्वाटरफाइनलमा अर्जेन्टिनाले अतिरिक्त समयमा स्विट्जरल्यान्डलाई ३-१ ले पराजित गर्दे लगातार दोस्रो पटक सेमिफाइनल पुगेको थियो ।

    अर्कोतर्फ सन् २०१० को विजेता स्पेनले १६ वर्षपछि विश्वकपमा फाइनलमा स्थान बनाउँदा अपराजित छ ।पहिलो खेलमे नवप्रवेशी केप भर्डेसँग गोलरहित बराबरीमा रोकिएको स्पेनले दोस्रो खेलमा साउदी अरेबियालाई ४–० ले हराएर पहिलो जित हात पार्‍यो । त्यसपछि समूहको अन्तिम खेलमा उरुग्वेलाई १–० ले पराजित गर्दे स्पेन आफ्नो समूहको विजेता बनेको थियो ।

    स्पेनले राउण्ड अफ ३२ मा अस्ट्रियालाई ३-० ले सहजे पराजित गरेको थियो भने प्रिक्वाटरफाइनलमा छिमेकी पोर्चुगललाई १-० ले पराजित गर्‍यो ।क्वाटरफाइनलमा पुग्दासम्म स्पेनले कुनै गोल बेहोरेको थिएन । तर क्वाटरफाइनलमा बेल्जियमलाई २-१ ले पराजित गर्दा स्पेनले पहिलो गोल बेहोर्‍यो  प्रि क्वाटरफाइनल र क्वाटरफाइनलमा सुपर सब मिकेल मेरिनोको निर्णायक गोलमा स्पेनले जित हात पारेको थियो । पहिलो खेलमा बराबरी खेलेयता स्पेनले त्यसपछिका ६ खेल निर्धारित समयमे जित्दै आएको छ ।

    Post Views: 149
    प्रकाशित मिति: २०८३ असार ३२, बिहीबार ०६:१४
    Advertisement
    संबन्धित शिर्षकहरु
    भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?
    अमेरिकाको न्यु ह्याम्पसायर प्रतिनिधिसभाका लागि विश्वबहादुर शाह डेमोक्रेटिक प्राइमरीमा निर्वाचित
    पोर्चुगलका चर्चित शेफ टंक सापकोटाद्वारा बाढीपीडितका लागि रु ५१ लाखभन्दा बढी सहयोग
    Advertisement
    ताजा अपडेट
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकाको न्यु ह्याम्पसायर प्रतिनिधिसभाका लागि विश्वबहादुर शाह डेमोक्रेटिक प्राइमरीमा निर्वाचित

    • ३. पोर्चुगलका चर्चित शेफ टंक सापकोटाद्वारा बाढीपीडितका लागि रु ५१ लाखभन्दा बढी सहयोग

    • ४. पञ्जराँ : दानधर्म, करुणा र दीपंकर बुद्धको स्मरण गर्ने पर्व

    • ५. इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा १४ सय कामदारको माग, यसरी हुन्छ जीटुजी प्रणालीबाट कामदार छनौट

    चर्चित
    • १. अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !

    • २. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • ३. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ४. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    • ५. पञ्जराँ : दानधर्म, करुणा र दीपंकर बुद्धको स्मरण गर्ने पर्व

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.