• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अष्ट्रेलियामा आप्रवासन व्यवस्थापनको नाममा विधार्थी र अन्य भिषा कडाई तथा शुल्कमा भारी बृद्धि

  •  
  • २०८१ असार २८, शुक्रबार ०९:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अष्ट्रेलियामा रोजगारमा कमी र अपराधमा बृद्धि भएको मुख्य कारण अव्यवस्थित आप्रवासन भन्दै विगत ६ महिनादेखि शुरुभएको कडाईमा एकपछि अर्को गर्दै थपिदै आएको छ । शुरुमा विधार्थीहरुका लागि भिषामा कडाई तथा शुल्कमा बृद्धि गरेको अष्ट्रेलियाले केहि महिनाअघि अष्ट्रेलियामा पर्यटक वा कलाकारका रूपमा भ्रमण भिसामा जाने विदेशी नागरिक र यहाँको अध्ययन सकेपछि पाइने टेम्पोररी ग्राजुएट भिसा टिआर मा रहेका विदेशी नागरिकले पुन विद्यार्थी भिसाको आवेदन दिन नपाउने नियम बनाए । त्यसरी नेपाल भारत लगायतका देशबाट कलाकार र भ्रमण भिसामा अष्ट्रेलिया जाने र यहाँ गएपछि उक्त भिसालाई विद्यार्थी भिसामा परिवर्तन गरेर यतै बस्ने प्रचलन व्याप्त थियो । यसैगरी निश्चित अध्ययन सकेपछि पाइने ग्राजुएट भिसाको अवधि सकेपछि पुनः विद्यार्थी भिसामा आवेदन दिएर लामो समय बस्ने र टिक्ने विद्यार्थीको संख्या समेत व्यापकता थियो ।
    त्यसबाट दक्षिण एसियाका लाखौ विधार्थी तथा कलाकारहरु प्रभावित भए । त्यसपछि त्यहाका कलेज सन्चालकहरुले यस्तो कडाईबाट आर्थिक क्षेत्रमा व्यापक प्रभाव पर्ने चेतावनी दिएपनि कडाई रोकिएन । त्यसपछि फेरी सरकारले आप्रवासनलाई कडाई तथा नियमन गर्ने भन्दै विधार्थीका रुपमा आउनेहरुलाई बीचमा नै पढाई छोडेर काममा मात्र ध्यान दिएको भन्दै अर्को नियम ल्याए । जुन नियमबाट पढाई छोडेर काममा ध्यान दिनेहरुले कि भिषा त्याग्नु पर्ने की अध्ययन छाड्नु पर्ने बाध्यता आइ लाग्यो ।
    त्यसपछि पनि फेरी एक पटक जुलाई १ देखि लागु हुनेगरी अष्ट्रेलिया सरकारले अधिकांश भिसा प्रकारका लागि भिसा आवेदन शुल्क बढाएको छ । छोटो अवधिको अस्थायी स्कील सर्टेज सबक्लास ४८२, श्रम सम्झौता चाहिने र मध्यम अवधिको सबक्लास ४८२, दक्ष रोजगारदाता प्रायोजित क्षेत्रीय सबक्लास ४९४, अस्थायी काम सबक्लास ४००, तालिम सबक्लास ४०७, रोजगारदाता नामांकन योजना सबक्लास १८६ र ग्लोबल ट्यालेन्ट सबक्लास ८५८ भिसाको शुल्क बढाइएको हो ।
    अन्तर्राष्ट्रिय विद्यार्थी भिसाको शुल्क पनि ७१० डलरबाट बढाएर १६ सय डलर बनाइएको छ । यो शुल्क न्यसजिल्याण्ड, क्यानडा, युके र अमेरिकाको विद्यार्थी भिसा शुल्कको तुलनामा कैयन गुणा महँगो हो । भिसा शुल्कमा आश्चर्यजनक वृद्धिले अष्ट्रेलियाको भिसा आवेदन शुल्कलाई विश्वमा सबैभन्दा महँगो बन्न पुगेको छ । यो कदम पनि आप्रवासनलाई कडाई गर्ने नै हो ।
    अष्टे्रलियाको सरकारी तथ्यांकअनुसार अहिले ७ लाख ४० हजार जना विद्यार्थी भिसामा रहेका छन् । यहाँ अध्ययनरत विदेशी विद्यार्थीमा नेपालीको कुल संख्या ७० हजारको हाराहारी रहेको आधिकारिक तथ्यांक छ । सरकारी तथ्यांकअनुसार अहिलेपनि नेपाली विद्यार्थीको संख्या चीन र भारतपछि तेस्रो छ । अष्ट्रेलियाले विदेशी विद्यार्थीलाई दुर्गम क्षेत्रमा जानका लागि प्रेरित गर्ने उद्देश्यले विभिन्न कार्यक्रम ल्याएको भएपनि अहिले अधिकांश विद्यार्थी सहरी क्षेत्रमा नै बसोबास गरिरहेका छन् ।
    राम्रा र मंहगा विश्वविद्यालयहरूमा भिसा लागेपनि अन्य निजी कलेजहरूमा विद्यार्थीहरुमा उपस्थिति नगन्य हुन थालेको बताइएको छ । जसको मारमा शैक्षिक व्यवसायी र परामर्शदाताहरू परेका छन्। नेपालीहरूको स्वामित्वमा मात्र अष्ट्रेलियामा करिव एक सयको हाराहारीमा निजी कलेज तथा प्रशिक्षण केन्द्रहरू सञ्चालनमा रहेका छन् । पछिल्लो समय अष्ट्रेलिया जस्तै क्यानडा र बेलायतमा पनि निकै कडाई गरिएको छ ।

    Post Views: 246
    प्रकाशित मिति: २०८१ असार २८, शुक्रबार ०९:२१
    Advertisement
    संबन्धित शिर्षकहरु
    नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !
    कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य
    नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता
    Advertisement
    ताजा अपडेट
    • १. नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • ५. एलनिनो तीव्र बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ्ने

    चर्चित
    • १. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

    • ५. फिफा विश्वकप २०२६: अर्जेन्टिना अन्तिम १६ मा, कडा टक्कर दिएर बाहिरियो केप भर्डे

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.