• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

न्युजिल्याण्डमा दूतावास खोल्न परराष्ट्रमन्त्री राणालाई ज्ञापनपत्र

  •  
  • २०८१ श्रावण २१, सोमबार ०५:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गैरआवासीय नेपाली संघ न्युजिल्याण्डले नेपाली दुतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्री डा।आरजु राणा देउवालाई ज्ञापनपत्र बुझाएको छ । पटक–पटक माग गर्दा समेत सुनुवाई नभएको भन्दै परराष्ट्रमन्त्री डा।राणलाई मन्त्रालयमै पुगेर गैरआवासीय संघले ज्ञापन पत्र बुझाएको हो। न्युजिल्याण्डमा रहेका नेपालीलाई दुतावास नहुदाँ निकै समस्या भएकाले दुतावास स्थापना अपरीहार्य रहेको गैर आवासीय नेपाली संघ न्युजिल्याण्डका अध्यक्ष लाल केसीले बताए । ‘न्युजिल्याण्डमा नेपालीको संख्या थपिदै छ, दुतावास नहुदाँ धेरै मर्का परेको छ’ अध्यक्ष केसीले भने ।

    न्युजिल्याण्डमा २० हजारभन्दा बढी र प्रशान्त द्वीप क्षेत्रका करिब १० हजार नेपालीको बासोबास छ । न्युजिल्याण्डमा दुतावास स्थापना हुदाँ ३० हजार नेपालीलाई सहज हुने अध्यक्ष केसीद्धारा बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ । अष्ट्रेलियामा रहेको दूतावासले नै अहिलेसम्म न्युजिल्याण्डमा पनि काम गर्दै आएको छ। दूतावासलाई अष्ट्रेलियामा रहेका झण्डै १ लाख ५० हजार नेपालीको समस्या समाधान गर्न धौ–धौ रहेको अवस्थामा न्युजिल्याण्ड र प्रशान्तद्वीप क्षेत्रमा बासेबास गर्ने नेपालीको समस्या समाधान गर्न झनै कठिन हुने गरेको अध्यक्ष केसीको भनाइ छ ।

    नेपालीले पासपोर्टमा प्रयोग हुने बायोमेट्रिक नमुना संकलन दुतावासबाट मात्रै हुने, हराएको पासपोर्ट बनाउन वा नवीकरण गर्न जाँदा अष्ट्रेलियाले सजिलै भिषा नदिँदा धेरै नेपालीको बिचल्ली, खर्चिलो र अन्य समस्याहरूको तथ्य विवरण समेत सरकारी निकायमा जानकारी गराइएको छ। ज्ञापनपत्रमा भनिएको छ, ‘यसअघि पनि पटकपटक नेपाल सरकारको ध्यानाकर्षण गराईसकेका छौं । त्यसैले न्युजिल्याण्डमा नेपाली दुतावास स्थापनाका लागि परराष्ट्रमन्त्रीमार्फत् प्रधानमन्त्री ज्यूलाई सादर अनुुरोध गर्दछौं।’

    यसअगाडी समेत निर्वतमान प्रधानमन्त्री पुष्पकमल दाहालसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायत उच्चपदस्थ राजनीतिक दलका नेताका साथै पराष्ट्र मन्त्रालयमा समेत पुगेर नेपाली दुतावासका लागि पहल गरिदिन अनुरोध गरिएको थियो ।

    Post Views: 355
    प्रकाशित मिति: २०८१ श्रावण २१, सोमबार ०५:१८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी
    एकहप्ता राहादानी बनाउन समस्या आउने !
    मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी
    Advertisement
    ताजा अपडेट
    • १. मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी

    • २. एकहप्ता राहादानी बनाउन समस्या आउने !

    • ३. मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी

    • ४. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    • ५. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    चर्चित
    • १. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.