• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अस्ट्रेलियाद्धारा विदेशी विधार्थी कटौति, नेपाली विधार्थी मर्कामा पर्ने

  •  
  • २०८१ भाद्र १२, बुधबार ०८:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अस्ट्रेलिया सरकारले सन् २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायकमाझ नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना दुई लाख ७० हजारमा सीमित गर्ने घोषणा गरेको छ।

    घोषणाअनुसार अस्ट्रेलियाले आगामी नयाँ वर्षमा सार्वजनिक वित्त पोषित विश्वविद्यालयमा एक लाख ४५ हजार व्यावसायिक शिक्षा र प्रशिक्षण (भिइटी) क्षेत्रमा ९५ हजार तथा अन्य विश्वविद्यालय र गैर–विश्वविद्यालय उच्च शिक्षा प्रदायकहरूमा ३० हजार अन्तर्राष्ट्रिय विद्यार्थीलाई अनुमति दिनेछ। शिक्षामन्त्री जेसन क्लेयरले विश्वविद्यालयलाई सन् २०१९ को तुलनामा १५ प्रतिशत बढी अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न अनुमति दिइने तथा भिइटी प्रदायकका लागि २० प्रतिशतले कटौती गरिने बताए।

    उनले निर्धारित सीमाहरू, संसद्ले पारित गर्ने बताउँदै अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या सन् २०१९ को भन्दा सात हजारले कम र २०२३ को भन्दा ५३ हजार कम गर्ने जानकारी दिए। मंगलबारको घोषणाअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीको कोटा पूरा गर्न असफल हुने संस्थाहरूले रिक्त पदहरू अन्य संस्थानहरूमा स्थानान्तरण गर्न सक्छन्।

    घोषणा शिक्षा प्रणालीलाई अझ प्रभावकारी  र निष्पक्ष रूपमा स्थापना गर्न प्रयत्नशील रहेकाले केही विश्वविद्यालयलाई  मात्र नभई  सम्पूर्ण क्षेत्रलाई लाभान्वित गर्ने क्लेयरले उल्लेख गरे। यसअघि सत्तारूढ लेबर पार्टीले सन् २०२२–२३ मा अस्ट्रेलियाको कुल आप्रवासन संख्या पाँच लाख २८ हजारबाट घटाएर सन् २०२४–२५ सम्ममा दुई लाख ६० हजार बनाउने रणनीतिसहित अन्तर्राष्ट्रिय विद्यार्थी संख्या सीमित गर्ने योजना घोषणा गरेको थियो।

    गत जुलाईमा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदन शुल्क ७१० अस्ट्रेलियन डलरबाट दोब्बर बढाएर एक हजार ६०० अस्ट्रेलियन डलर बनाएको छ। गैरसरकारी संस्था युनिभर्सिटिज अस्ट्रेलियाका प्रमुख कार्यकारी ल्युक सिहीले अगस्टको सिनेट सुनुवाइमा विश्वविद्यालयको अरबौँ डलर राजस्व खर्च गर्ने र १४ हजार रोजगारी जोखिममा पार्ने जनाएका थिए। उनले अन्तर्राष्ट्रिय विद्यार्थीले गत वर्ष अस्ट्रेलियाको कुल गार्हस्थ्य उत्पादनको आधाभन्दा बढी हिस्सा ओगटेको बताउँदै लगभग उनीहरूले नै राष्ट्रलाई मन्दीबाट जोगाएको उल्लेख गरे।

    सरकारी तथ्यांकका अनुसार सन् २०२३ मा अस्ट्रेलियाको अर्थतन्त्रमा अन्तर्राष्ट्रिय शिक्षाको योगदान ४७.८ बिलियन अस्ट्रेलियन डलर थियो।

    RSS

    Post Views: 227
    प्रकाशित मिति: २०८१ भाद्र १२, बुधबार ०८:२१
    Advertisement
    संबन्धित शिर्षकहरु
    मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने
    इरानद्धारा स्टेट अफ होर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकासँगको तनाव चुलियो
    नेपालमा किन बढ्दै छन् आत्मदाहा ? दैनिक १८ जनाले आत्महत्या गर्ने गरेको तथ्य !
    Advertisement
    ताजा अपडेट
    • १. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    • २. इरानद्धारा स्टेट अफ होर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकासँगको तनाव चुलियो

    • ३. नेपालमा किन बढ्दै छन् आत्मदाहा ? दैनिक १८ जनाले आत्महत्या गर्ने गरेको तथ्य !

    • ४. पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न सर्वोच्चको अन्तरिम आदेश !

    • ५. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    चर्चित
    • १. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

    • ५. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.