• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अस्ट्रेलियामा कडाइपछि अमेरिका सोझिए नेपाली विद्यार्थी, अमेरिकामा विधार्थी भिषा पाउने अहिलेसम्मकै रेकर्ड ब्रेक

  •  
  • २०८१ आश्विन १९, शनिबार ११:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अस्ट्रेलियामा सरकारले विधार्थी भिषामा कडाई गरीरहेको बेला अमेरिकामा नेपाली विधार्थीहरुले भिषा पाउने दर अहिले सम्मकै रेकर्ड कायम गरेको छ । अस्ट्रेलिया , क्यानडा, बेलायतमा कडाई भईरहंदा अमेरिकामा विधार्थीको चाप बढेको हो । जस अनुसार सन् २०२३ मा ६ हजार २ सय ३ जना नेपालीहरुले अमेरिकको विद्यार्थी भिसा पाएकोमा यस बर्ष झण्डै दोब्बर नेपाली विधार्थीले अमेरिकी भिषा पाएका छन । उक्त संख्याको तुलनामा २०२४ मा १४ हजारभन्दा धेरै नेपालीले अमेरिकाको विद्यार्थी भिसा पाएको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका तथ्यांकमा उल्लेख छ । उता अस्ट्रेलियामा अध्ययन गर्नका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा आवेदनको संख्या करिब आधाले घटेको छ । नाइन इन्टरटेनमेन्ट पत्रिकाले बिहीबार प्रकाशित गरेको शिक्षा विभागको तथ्यांकअनुसार अगस्टमा विदेशबाट १५ हजार दुई सय ७० अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदन दर्ता भएका र यो संख्या सन् २०२३ को अगस्टमा ३० हजार सात सय तीनको आधा हो ।

    अस्ट्रेलियामा अध्ययन गर्ने भिसाका लागि जुलाईमा, १८ हजार ६ सय ९७ विद्यार्थीले आवेदन दिएका छन् । सन् २०२३ को सोही महिनामा ३६ हजार २०७ विदेशी विद्यार्थीले आवेदन हालेका थिए । हाल अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी भिसाको आवेदन शुल्क सात सय १० अस्ट्रेलियाली डलरबाट बढाएर एक हजार ६ सय अस्ट्रेलियाली डलर बनाएको छ । अष्ट्रेलिया अन्तराष्ट्र्रिय विधार्थी पाउने नेपाल दोश्रो ठुलो बजार हो तर अहिले नेपाली विधार्थीहरु अमेरिकातर्फ डाईभर्ट भएका छन ।

    सरकारले अगस्टमा अस्ट्रेलियाको उच्च आप्रवासी प्रवेशलाई घटाउने बृहत् रणनीतिको रूपमा २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायकहरूमा नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्नालाई दुई लाख ७० हजारमा सीमित गर्ने घोषणा गरेको थियो। नयाँ तथ्यांकअनुसार अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको दोस्रो ठूलो स्रोत भारतबाट भिसा आवेदनहरू जुलाई र अगस्ट २०२३ को १३ हजार ४७ बाट ६६ दशमलव ४ प्रतिशतले घटेर २०२४ को सोही अवधिमा चार हजार ३८३ मा झरेको छ ।

    यसैगरी, फिलिपिन्सको आवेदन संख्या पाँच हजार एक सय २६ बाट ८४९ र पाकिस्तानको चार हजार २३४ बाट घटेर ६१६ मा झरेको छ । अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा सबैभन्दा धेरै अस्ट्रेलिया जाने चिनियाँ विद्यार्थीको भिसा आवेदन सन् २०२३ र २०२४ को बिचमा १० प्रतिशतभन्दा कमले घटेको छ । अस्ट्रेलिया विश्वविद्यालयहरूको सर्वोच्च निकाय युनिभर्सिटिज अस्ट्रेलियाले विश्वविद्यालयहरूलाई सरकारको प्रस्तावित विद्यार्थी सीमाले देशको अर्थव्यवस्थालाई अर्बौँ डलर घाटा लाग्नेछ भने यसको परिणामस्वरूप उच्च शिक्षा क्षेत्रमा हजारौँ रोजगारी गुम्नेछन्। अघिल्लो बर्ष नेपालबाट मात्रै एनओसी लिएको आधारमा एक लाख १५ हजार भन्दा बढी विधार्थी अध्धयन गर्न विदेसिएको तथ्यांक छ । राससको र अन्तराष्ट्र्रिय समाचार एजेन्सिको समाचारका आधारमा तयार पारिएको समाचार ।

    Post Views: 162
    प्रकाशित मिति: २०८१ आश्विन १९, शनिबार ११:०१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खाडीका २० लाख नेपाली प्रभावित  !
    यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !
    कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !
    Advertisement
    ताजा अपडेट
    • १. खाडीका २० लाख नेपाली प्रभावित  !

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. निर्वाचनमा करिब ६० प्रतिशत मत खस्यो

    चर्चित
    • १. भविश्यवाणी गरेको आरोपमा ज्योतिषी रुद्रनाथ अधिकारी गिरफ्तार

    • २. १५ जिल्लाको ६१ स्थानबाट सेनाको हेलिकप्टरले मतपेटिका संकलन गर्ने, दलका प्रतिनिधि अनिवार्य रहने 

    • ३. प्रतिनिधि सभा निर्वाचनको मतदान शुरु

    • ४. जेनजी परिषद् गठनः परिषदको कार्यक्षेत्र र अधिकार यस्तो छ ?

    • ५. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.