• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

डोनाल्ड ट्रम्प ईतिहास रच्दै दुवै सदनमा बहुमतसहित शक्तिशाली राष्ट्रपति निर्वाचित

  •  
  • २०८१ कार्तिक २१, बुधबार २०:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    डोनाल्ड ट्रम्प ४७ औ अमेरिकी राष्ट्रपति निश्चित भएका छन । अहिले सम्मको मत परिणाम अनुसार उनि निकै पवरफुल राष्ट्रपति बन्ने लगभग निश्चित छ । उनले अहिलेसम्म २७७ प्राप्त गरिसकेका छन् । अमेरिकामा राष्ट्रपति चुनिन २७० इलेक्टोरल कलेज जित्नुपर्छ । प्रतिस्पर्धी मानिएका सात राज्यमध्ये तीन वटामा उनले जित हासिल गरिसकेका छन् भने बाँकी चार राज्यमा पनि उनी अगाडि छन् ।

    अमेरिकी संविधान अनुसार तल्लो र माथिल्लो गरि दुई सदन हुन्छ । त्यसमध्ये पावर माथिल्लो सदन(सिनेट)मा बहुमत प्राप्त गरिसकेको छ । भने तललो सदन (कंग्रेस)मा पनि बहुमत ल्याउने अग्रता चुनावी परिणामले देखाएको छ । अमेरिकी ईतिहासमा थोरै कम राष्ट्रपतिहरुले यस्तो अवसर पाउँछन जहाँ आफ्नै पार्टीलाई दुवै सदनमा बहुमत होस । दुवै सदनमा बहुमत हुँदा ट्रम्पले अगाडी सारेका मुद्दाहरु कार्यन्वयन र कानुन बनाउन सजिलो हुन्छ

    विजयपछि ट्रम्पले ‘यो अमेरिकी नागरिकका लागि भव्य जित हो, यसले अमेरिकालाई पुन महान् बनाउनेछ,’ भन्दै सम्बोधन गरेका छन । यस्तै उनले अमेरिकामा अब स्वर्ण युगको सुरूवात हुने दाबीसमेत गरे । ‘म हरेक नागरिक, परिवार र भविष्यका लागि लड्नेछु । म हरेक दिन तपाईंहरूका लागि लडिरहनेछु । अन्तिम सास रहुञ्जेल म लड्नेछु,’ उनले भने, ‘यो साँच्चै नै अमेरिकाका लागि स्वर्ण युग हुनेछ ।’

    ट्रम्पले नयाँ ईतिहास बनाए

    उनी अमेरिकी इतिहासमा १ सय ३२ वर्षपछि पहिलो प्रयासमा राष्ट्रपति बनेर दोस्रो निर्वाचन हार्दै तेस्रो प्रयासमा फेरि राष्ट्रपति निर्वाचित हुने दोश्रो अमेरिकी राष्ट्रपति बनेका छन । सामान्यतय अमेरिकामा लगातार दुई पटक राष्ट्रपति बनेपछि तेश्रो कार्यकाल बन्दैनन । उनि दोश्रो पटक हारेर तेश्रोपटक पुन उम्मेदवार बनी निर्वाचित भएका हुन ।
    सन् २०१६ मा हिलारी क्लिन्टनलाई हराएर पहिलो कार्यकालका लागि ४५ औं राष्ट्रपति बनेका थिए । तर सन् २०२० मा डेमोक्र्याटिक पार्टीका जो बाइडेनले उनलाई पराजित गरेका थिए । राष्ट्रपति निर्वाचनमा एकपटक पराजित भएपछि प्राय ती राजनीतिज्ञले अर्को पटक उम्मेदवार बन्ने प्रयास गर्दैनन् । त्यस्तो प्रयास गर्ने राजनीतिज्ञले पार्टी भित्रकै चुनाव जित्ने सम्भावना कम हुन्छ । तर रिपब्लिकन पार्टीमा डोनाल्ड ट्रम्पको जबरजस्त पकड थियो । उनी सजिलैसँग रिपब्लिकन पार्टीमा प्राइमरी निर्वाचन जितेर राष्ट्रपतिमा सो दलको उम्मेदवार बनेका हुन । योसँगै तेस्रो पटक राष्ट्रपतिका लागि उठेका ट्रम्पको जीत सुनिश्चित भइसकेको छ । अन्तिम परिणाममात्रै आउन बाँकी छ । अमेरिकामा राष्ट्रपति चुनिन २७० इलेक्टोरल कलेज जित्नुपर्छ। उनले अहिलेसम्म २७७ प्राप्त गरिसकेका छन् ।
    यो भन्दा अघि १३२ वर्ष पहिले सन् १८९२ मा ग्रोभर क्लिभल्यान्डले यस्तो रेकर्ड बनाएका थिए । उनी पहिलो पटक १८८५ मा २२ औं राष्ट्रपतिमा निर्वाचित भएका क्लिभल्यान्ड १८८९ मा पराजित भएका थिए । त्यसपछि फेरि १८९३ मा २४ राष्ट्रपतिको रूपमा निर्वाचित भएका थिए ।

    सिनेट कंग्रेस दुवैमा बहुमत !

    अमेरिकाको सिनेटमा रिपब्लिकनले बहुमत पु¥याएको छ । हालसम्मको मतगणनाबाट रिपब्लिकनले सिनेटमा बहुमत पु¥याइसकेको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । अमेरिकाको ५० वटा राज्यबाट २ र २ जना सिनेटर चुनिन्छन् । कुल १०० सिनेटरमध्ये रिपब्लिकनबाट ५१ जना सिनेटर निर्वाचित भइसकेकाले यसपालि सिनेटमा रिपब्लिकनले सहज बहुमत प्राप्त भएको हो । ३४ जना खाली भएको सिनेटर पदमा डेमोक्र्याटले हारेर रिपब्लिकनले आफ्ना सबै सिटहरू सुरक्षित गर्दै डेमोक्र्याटिकले जित्दै आएका पश्चिम भर्जिनिया र ओहियोबाट सिनेटर जितेसँगै अर्को वर्षदेखि सिनेटमा रिपब्लिकनको नियन्त्रण हुने निश्चित भएको हो । सिनेटरको निर्वाचन ६, ६ बर्षमा हुने भएकोले खाली भएको सिटमा निर्वाचन भएको हो । कानुन पास गर्न सिनेट राष्ट्रपतिका लागि महत्वपुर्ण हुन्छ । उता तल्लो सदनमा पनि रिपव्लिकनले कहुमत ल्याउने संभावना बढेर गएको छ । हालसम्मको मतपरिणाम अनुसार ४ सय ३५ सिटका लागि भएको निर्वाचनमा रिपव्लिकनले १९७ सिट जिति सकेको छ भने डेमोक्र्याट १७७ मा खुम्चिएको छ । ४ सय ३५ मा बहुमत ल्याउन २ सय १८ सिट आवश्यक पर्दछ । हालसम्मको मतगणना अनुसार मतगणना भईरहेको अग्रता हेर्दा तल्लको सदनमा पनि बहुमत ल्याउने निश्चित देखिन्छ ।

    Post Views: 138
    प्रकाशित मिति: २०८१ कार्तिक २१, बुधबार २०:३६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने
    भारतको अर्थतन्त्र खस्किएर बेलायतभन्दा पछाडि छैटौँ स्थानमा पुग्यो : आइएमएफ
    प्रवासमा एक हप्तामा दुई नेपालीको हृदयविदारक निधनः जसले नेपाली प्रवासीलाई झस्काईरहने छ !
    Advertisement
    ताजा अपडेट
    • १. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • २. भारतको अर्थतन्त्र खस्किएर बेलायतभन्दा पछाडि छैटौँ स्थानमा पुग्यो : आइएमएफ

    • ३. प्रवासमा एक हप्तामा दुई नेपालीको हृदयविदारक निधनः जसले नेपाली प्रवासीलाई झस्काईरहने छ !

    • ४. स्पेनमा पाँच लाख अबैध आप्रवासीलाई वैधता दिने !

    • ५. मानव अधिकार आयोगले भदौ २३ र २४ को आन्दोलनको प्रतिवेदन १६ बैशाखमा सरकारलाई बुझाउँदै

    चर्चित
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • ४. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • ५. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.