• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

बंगलादेश–पाकिस्तान सम्बन्धको नाटकीय परिवर्तनबाट भारत चिन्तित

  •  खबरमाला संवाददाता
  • २०८२ भाद्र २०, शुक्रबार १८:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गत साता (२३ अगस्टमा) पाकिस्तानी विदेशमन्त्री इसाक दार दुईदिने भ्रमणका क्रममा ढाका पुगे । भ्रमणका क्रममा दारले बंगलादेशका अन्तरिम सरकार प्रमुख मुहम्मद युनुससहित वरिष्ठ अधिकारी तथा अधिकांश राजनीतिक दलका प्रमुखसँग भेटवार्ता गरे । यो पाकिस्तानी विदेशमन्त्रीको १३ वर्षपछिको ढाका भ्रमण थियो । यसअघि सन् २०१२ मा तत्कालीन विदेशमन्त्री हिना रब्बानी खार छोटो भ्रमणका क्रममा बंगलादेश पुगेकी थिइन्, जुन केवल पाँच घण्टाको थियो ।

    विद्यार्थी नेतृत्वमा भएको विशाल आन्दोलनको दबाबमा गत वर्ष अगस्टमा सेख हसिनाको अढाई दशक लामो शासन अन्त्यपछिका महत्वपूर्ण परिवर्तनमध्ये एक हो, बंगलादेश–पाकिस्तानको द्विपक्षीय सम्बन्धको सुधार । यसै सन्दर्भमा दारको भ्रमण भएको हो । हसिनाको शासनकालमा ढाका र नयाँदिल्लीबिच गहिरो सम्बन्ध थियो । हसिनाको राजनीतिक तहमा मात्र होइन, परिवारिक रूपमा समेत भारतसँग विशेष सम्बन्ध रहेको छ । र, स्वाभाविक रूपमा त्यस अवधिमा बंगलादेशको पाकिस्तानसँगको सम्बन्ध निकै तिक्त थियो ।

    अन्तरिम सरकारप्रमुख युनुस र पाकिस्तानी प्रधानमन्त्री सहबाज सरिफबिच गत वर्ष पटक–पटक भएको भेटवार्ताले दुई देशबिच प्रत्यक्ष व्यापार सुरु हुने बाटो खुलाएको थियो । बंगलादेशको स्वतन्त्रतापछि पहिलो यस कदमसँगै ढाका र इस्लामाबादले जनस्तरमा सम्बन्ध विकास गर्न चाहेको बताएका छन् । दारको पछिल्लो भ्रमणका क्रममा दुई देशबिच शैक्षिक कार्यक्रम आदानप्रदान र भिसा सुविधा विस्तारसम्बन्धी सम्झौता भयो । चाँडै दुई देशबिच प्रत्यक्ष हवाई उडान विस्तार गर्ने योजनासमेत अघि सारिएको छ ।

    बंगलादेश र पाकिस्तानबिचको सम्बन्धमा देखिएको द्रुत र नाटकीय परिवर्तन समग्र दक्षिण एसियाकै लागि महत्वपूर्ण छ । तर, यस विकासक्रमले भारतीय अधिकारीलाई निराश बनाएको छ । निश्चित रूपमा हसिनाको पतन नयाँदिल्लीका लागि रणनीतिक झट्का थियो । त्यसयता बंगलादेशमा विगतमा दबाइएका धार्मिक पहिचानलाई जोड दिने इस्लामिक दलहरूको प्रभाव बढेको छ । भारत यी शक्तिलाई आफ्नो हितविरुद्ध काम गर्ने शक्तिका रूपमा हेर्छ । बदलिएको राजनीतिक माहोलमा, भारतसँग बंगलादेश–पाकिस्तानबिचको बढ्दो घनिष्टता स्विकार्नुको विकल्प छैन । भारतका लागि थप पीडादायी तथ्य, इस्लामाबादसँगको तनाव चुलिएको समयमा सो चिरप्रतिद्वन्द्वी मुलुकले आफ्नो पुरानो मित्रशक्ति ढाकालाई आफूसँग नजिक्याएको छ ।

    तथापि, बंगलादेश–पाकिस्तान द्विपक्षीय सम्बन्धमा जारी पुनर्संरचना पूरै अवरोधमुक्त भने छैन । ढाका र इस्लामाबादले मुख्यत: व्यावसायिक सहयोगलाई प्राथमिकता दिन चाहेका छन् । तर, दुवै देशको बाह्य आर्थिक नीति कपडा र तयारी पोसाक निर्यातमा केन्द्रित छ । एउटै खालको सामानको उत्पादक भएकाले दुवै देश व्यापारमा प्राकृतिक प्रतिस्पर्धी हुन् । त्यसबाहेक, पाकिस्तानसँग सम्बन्ध सुधारमा जोड दिएको वर्तमान बंगलादेशी सरकार अन्तरिम प्रकृतिको हो । यसले आगामी फेब्रुअरीमा चुनाव गर्ने तयारी गरिरहेको छ । सो निर्वाचनपछि बन्ने स्थायी सरकारले अहिलेको नीति परित्याग गर्दै नयाँदिल्लीसँगको सम्बन्ध सुधारमा ध्यान केन्द्रित गर्न सक्छ । हालसम्म मतसर्वेक्षणमा बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) अग्रस्थानमा छ । र, सो पार्टीका अधिकांश नेताले भारतसँग सम्बन्ध सुधारको आह्वान गरिरहेका छन् ।

    बंगलादेश र पाकिस्तानबिचको दिगो र ठोस साझेदारीको सबैभन्दा ठुलो अवरोध इतिहास रहेको छ । ढाकाले सन् १९७१ को बंगलादेश स्वतन्त्रता संग्राममा पाकिस्तानी सेनाले बंगाली जनसंख्यामाथि मच्चाएको क्रूरताका लागि इस्लामाबादले औपचारिक माफी माग्नुपर्ने बताउँदै आएको छ । पाकिस्तानबाट अलग हुन भएको संघर्षमा पाकिस्तानी सेनाले ‘नरसंहार’ मच्चाएको अधिकांश विज्ञको राय छ । यो विषय दारको भ्रमणमा पनि उठेको थियो ।

    ढाकामा एक पत्रकारको प्रश्नको जवाफमा दारले यस विषयमा पाकिस्तानले पहिल्यैदेखि व्यक्त गर्दै आएको आधिकारिक अडान दोहोर्‍याए । पाकिस्तानका अनुसार माफीको विषय सन् १९७४ मा बंगलादेश र भारतसँग इस्लामाबादले गरेको त्रिपक्षीय सम्झौतामै सम्बोधन भइसकेको छ । त्यस्तै पुन: सन् २००२ मा बंगलादेश भ्रमणका क्रममा तत्कालीन राष्ट्रपति परवेज मुसर्रफले यस विषयमा खेद प्रकट गरेको पनि उसले बताउँदै आएको छ । तर, सन् १९७४ को सम्झौता र मुसर्रफको टिप्पणी दुवैमा माफी नभएर गहिरो पश्चात्ताप मात्र प्रकट भएका थिए ।

    सन् १९७१ को घटनाबारे दारको अभिव्यक्तिलाई स्वीकार गरेको हो भन्ने पत्रकारको प्रश्नमा बंगलादेशका अन्तरिम विदेशमन्त्री मोहम्मद तौहिद हुसेनको प्रतिक्रियाले पनि यस विषयमा असमझदारी कायम रहेको संकेत गर्छ । हुसेनले युद्धमा पाकिस्तानले पुर्‍याएको क्षतिका लागि क्षतिपूर्ति दिनुपर्ने पुरानो माग पनि दोहोर्‍याए ।

    दुई देशको सम्बन्धमा इतिहासको अर्को बोझ बंगलादेशको मुख्य इस्लामिक दल ‘जमात–ए–इस्लामी’को पाकिस्तानसँगको सम्बन्धले निम्त्याएको छ । जमातले सन् १९७१ को युद्धमा पाकिस्तानलाई समर्थन गरेको थियो । पार्टीले त्यस भूमिकाका लागि पछिल्लो समय माफी मागे पनि यो मुद्दा निकै संवेदनशील मानिन्छ । दारले आफ्नो भ्रमणका क्रममा जमात नेता सफिकुर रहमानलाई समेत भेटेका थिए ।

    द्विपक्षीय सम्बन्धको सबैभन्दा ठुलो परीक्षा दुई देशका जनता–जनताबिचको सम्बन्धलाई बलियो बनाउने विषयमा हुनेछ । यस्तो सम्बन्धले मात्र विश्वास निर्माण गर्न सक्छ । जनस्तरीय सम्बन्ध बलियो भयो भने मात्र त्यसले ढाकामा आगामी स्थायी सरकार, जसले बनाए पनि उनीहरूलाई द्विपक्षीय सम्बन्धलाई थप अगाडि बढाउन प्रोत्साहित गर्छ ।

    (कुगेलम्यानले झन्डै दुई दशकदेखि दक्षिण एसियाली क्षेत्रको राजनीतिमाथि विश्लेषण गर्दै आएका छन्)
    फरेन पोलिसीबाट

    Post Views: 201
    प्रकाशित मिति: २०८२ भाद्र २०, शुक्रबार १८:५७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी
    सञ्चार मन्त्रालय मातहत राजनीतिक नियुक्ति खाएका को–को पदमुक्त भए ?
    नेपाल भारतबीचको लिपुलेक विवाद के हो ? सन् १९५४ को सम्झौतामा के छ ?
    Advertisement
    ताजा अपडेट
    • १. म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी

    • २. ‘न्यायालय अब अगाडि जाँदैन, न्याय एउटा घेराभित्र संकुचित हुन्छ’: पूर्वप्रधानन्यायाधीश एवं पूर्वप्रधानमन्त्री सुशीला कार्की

    • ३. एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    • ४. सञ्चार मन्त्रालय मातहत राजनीतिक नियुक्ति खाएका को–को पदमुक्त भए ?

    • ५. एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

    चर्चित
    • १. रोयल टुलिपपछि रामेश्वर शाहको २ अर्ब रुपैयाँ लगानीमा अर्को ५ तारे होटल जनकपुरमा शुरु

    • २. दर्जन दुतावास, केहि वैतनिक र आधा भन्दाबढी अवैतनिक वाणिज्यदुत हटाउने परराष्ट्रको तयारी !

    • ३. नेपाल भारतबीचको लिपुलेक विवाद के हो ? सन् १९५४ को सम्झौतामा के छ ?

    • ४. अमेरिका, अष्ट्रेलिया, क्यानडाको नागरिकता लिएका १९ डाक्टरको लाइसेन्स खारेज

    • ५. कम्बोडियामा रहेका नेपालीलाई गैरकानुनी काममा नलाग्न बैकक दुतावासको आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.