• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

बंगलादेश–पाकिस्तान सम्बन्धको नाटकीय परिवर्तनबाट भारत चिन्तित

  •  खबरमाला संवाददाता
  • २०८२ भाद्र २०, शुक्रबार १८:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गत साता (२३ अगस्टमा) पाकिस्तानी विदेशमन्त्री इसाक दार दुईदिने भ्रमणका क्रममा ढाका पुगे । भ्रमणका क्रममा दारले बंगलादेशका अन्तरिम सरकार प्रमुख मुहम्मद युनुससहित वरिष्ठ अधिकारी तथा अधिकांश राजनीतिक दलका प्रमुखसँग भेटवार्ता गरे । यो पाकिस्तानी विदेशमन्त्रीको १३ वर्षपछिको ढाका भ्रमण थियो । यसअघि सन् २०१२ मा तत्कालीन विदेशमन्त्री हिना रब्बानी खार छोटो भ्रमणका क्रममा बंगलादेश पुगेकी थिइन्, जुन केवल पाँच घण्टाको थियो ।

    विद्यार्थी नेतृत्वमा भएको विशाल आन्दोलनको दबाबमा गत वर्ष अगस्टमा सेख हसिनाको अढाई दशक लामो शासन अन्त्यपछिका महत्वपूर्ण परिवर्तनमध्ये एक हो, बंगलादेश–पाकिस्तानको द्विपक्षीय सम्बन्धको सुधार । यसै सन्दर्भमा दारको भ्रमण भएको हो । हसिनाको शासनकालमा ढाका र नयाँदिल्लीबिच गहिरो सम्बन्ध थियो । हसिनाको राजनीतिक तहमा मात्र होइन, परिवारिक रूपमा समेत भारतसँग विशेष सम्बन्ध रहेको छ । र, स्वाभाविक रूपमा त्यस अवधिमा बंगलादेशको पाकिस्तानसँगको सम्बन्ध निकै तिक्त थियो ।

    अन्तरिम सरकारप्रमुख युनुस र पाकिस्तानी प्रधानमन्त्री सहबाज सरिफबिच गत वर्ष पटक–पटक भएको भेटवार्ताले दुई देशबिच प्रत्यक्ष व्यापार सुरु हुने बाटो खुलाएको थियो । बंगलादेशको स्वतन्त्रतापछि पहिलो यस कदमसँगै ढाका र इस्लामाबादले जनस्तरमा सम्बन्ध विकास गर्न चाहेको बताएका छन् । दारको पछिल्लो भ्रमणका क्रममा दुई देशबिच शैक्षिक कार्यक्रम आदानप्रदान र भिसा सुविधा विस्तारसम्बन्धी सम्झौता भयो । चाँडै दुई देशबिच प्रत्यक्ष हवाई उडान विस्तार गर्ने योजनासमेत अघि सारिएको छ ।

    बंगलादेश र पाकिस्तानबिचको सम्बन्धमा देखिएको द्रुत र नाटकीय परिवर्तन समग्र दक्षिण एसियाकै लागि महत्वपूर्ण छ । तर, यस विकासक्रमले भारतीय अधिकारीलाई निराश बनाएको छ । निश्चित रूपमा हसिनाको पतन नयाँदिल्लीका लागि रणनीतिक झट्का थियो । त्यसयता बंगलादेशमा विगतमा दबाइएका धार्मिक पहिचानलाई जोड दिने इस्लामिक दलहरूको प्रभाव बढेको छ । भारत यी शक्तिलाई आफ्नो हितविरुद्ध काम गर्ने शक्तिका रूपमा हेर्छ । बदलिएको राजनीतिक माहोलमा, भारतसँग बंगलादेश–पाकिस्तानबिचको बढ्दो घनिष्टता स्विकार्नुको विकल्प छैन । भारतका लागि थप पीडादायी तथ्य, इस्लामाबादसँगको तनाव चुलिएको समयमा सो चिरप्रतिद्वन्द्वी मुलुकले आफ्नो पुरानो मित्रशक्ति ढाकालाई आफूसँग नजिक्याएको छ ।

    तथापि, बंगलादेश–पाकिस्तान द्विपक्षीय सम्बन्धमा जारी पुनर्संरचना पूरै अवरोधमुक्त भने छैन । ढाका र इस्लामाबादले मुख्यत: व्यावसायिक सहयोगलाई प्राथमिकता दिन चाहेका छन् । तर, दुवै देशको बाह्य आर्थिक नीति कपडा र तयारी पोसाक निर्यातमा केन्द्रित छ । एउटै खालको सामानको उत्पादक भएकाले दुवै देश व्यापारमा प्राकृतिक प्रतिस्पर्धी हुन् । त्यसबाहेक, पाकिस्तानसँग सम्बन्ध सुधारमा जोड दिएको वर्तमान बंगलादेशी सरकार अन्तरिम प्रकृतिको हो । यसले आगामी फेब्रुअरीमा चुनाव गर्ने तयारी गरिरहेको छ । सो निर्वाचनपछि बन्ने स्थायी सरकारले अहिलेको नीति परित्याग गर्दै नयाँदिल्लीसँगको सम्बन्ध सुधारमा ध्यान केन्द्रित गर्न सक्छ । हालसम्म मतसर्वेक्षणमा बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) अग्रस्थानमा छ । र, सो पार्टीका अधिकांश नेताले भारतसँग सम्बन्ध सुधारको आह्वान गरिरहेका छन् ।

    बंगलादेश र पाकिस्तानबिचको दिगो र ठोस साझेदारीको सबैभन्दा ठुलो अवरोध इतिहास रहेको छ । ढाकाले सन् १९७१ को बंगलादेश स्वतन्त्रता संग्राममा पाकिस्तानी सेनाले बंगाली जनसंख्यामाथि मच्चाएको क्रूरताका लागि इस्लामाबादले औपचारिक माफी माग्नुपर्ने बताउँदै आएको छ । पाकिस्तानबाट अलग हुन भएको संघर्षमा पाकिस्तानी सेनाले ‘नरसंहार’ मच्चाएको अधिकांश विज्ञको राय छ । यो विषय दारको भ्रमणमा पनि उठेको थियो ।

    ढाकामा एक पत्रकारको प्रश्नको जवाफमा दारले यस विषयमा पाकिस्तानले पहिल्यैदेखि व्यक्त गर्दै आएको आधिकारिक अडान दोहोर्‍याए । पाकिस्तानका अनुसार माफीको विषय सन् १९७४ मा बंगलादेश र भारतसँग इस्लामाबादले गरेको त्रिपक्षीय सम्झौतामै सम्बोधन भइसकेको छ । त्यस्तै पुन: सन् २००२ मा बंगलादेश भ्रमणका क्रममा तत्कालीन राष्ट्रपति परवेज मुसर्रफले यस विषयमा खेद प्रकट गरेको पनि उसले बताउँदै आएको छ । तर, सन् १९७४ को सम्झौता र मुसर्रफको टिप्पणी दुवैमा माफी नभएर गहिरो पश्चात्ताप मात्र प्रकट भएका थिए ।

    सन् १९७१ को घटनाबारे दारको अभिव्यक्तिलाई स्वीकार गरेको हो भन्ने पत्रकारको प्रश्नमा बंगलादेशका अन्तरिम विदेशमन्त्री मोहम्मद तौहिद हुसेनको प्रतिक्रियाले पनि यस विषयमा असमझदारी कायम रहेको संकेत गर्छ । हुसेनले युद्धमा पाकिस्तानले पुर्‍याएको क्षतिका लागि क्षतिपूर्ति दिनुपर्ने पुरानो माग पनि दोहोर्‍याए ।

    दुई देशको सम्बन्धमा इतिहासको अर्को बोझ बंगलादेशको मुख्य इस्लामिक दल ‘जमात–ए–इस्लामी’को पाकिस्तानसँगको सम्बन्धले निम्त्याएको छ । जमातले सन् १९७१ को युद्धमा पाकिस्तानलाई समर्थन गरेको थियो । पार्टीले त्यस भूमिकाका लागि पछिल्लो समय माफी मागे पनि यो मुद्दा निकै संवेदनशील मानिन्छ । दारले आफ्नो भ्रमणका क्रममा जमात नेता सफिकुर रहमानलाई समेत भेटेका थिए ।

    द्विपक्षीय सम्बन्धको सबैभन्दा ठुलो परीक्षा दुई देशका जनता–जनताबिचको सम्बन्धलाई बलियो बनाउने विषयमा हुनेछ । यस्तो सम्बन्धले मात्र विश्वास निर्माण गर्न सक्छ । जनस्तरीय सम्बन्ध बलियो भयो भने मात्र त्यसले ढाकामा आगामी स्थायी सरकार, जसले बनाए पनि उनीहरूलाई द्विपक्षीय सम्बन्धलाई थप अगाडि बढाउन प्रोत्साहित गर्छ ।

    (कुगेलम्यानले झन्डै दुई दशकदेखि दक्षिण एसियाली क्षेत्रको राजनीतिमाथि विश्लेषण गर्दै आएका छन्)
    फरेन पोलिसीबाट

    Post Views: 183
    प्रकाशित मिति: २०८२ भाद्र २०, शुक्रबार १८:५७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा
    कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले बनायो सुरक्षा संयन्त्रमाथि अध्ययन समिति
    हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    • ४. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    • ५. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.