• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

मानव मस्तिष्कमा संस्कृत भाषाले पारेको प्रभाव

  •  
  • २०८१ बैशाख १२, बुधबार २३:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

    माधव रेग्मी

    मानव मस्तिष्कका तन्तुहरूमा संस्कृतले पारेको प्रभावका बारेमा अहिले पश्चिमी जगतका वैज्ञानिकहरुमा हलचल ल्याइदिएको छ। स्नायु तन्तु सम्बन्धी अनुसन्धानकर्ता न्युरो साइन्टिस्ट जेम्स हार्टजेलद्वारा रचिएको शब्द हो ‘Sanskrit Effect’ अर्थात् संस्कृत प्रभाव। जेम्सले केही संस्कृत अध्ययन गरिरहेका विद्यार्थीहरू को मस्तिष्कको बारेमा सन् २०१८ मा एउटा अनुसन्धान प्रतिवेदन प्रकाशित गरेका थिए। उनले प्रकाशित गरेको अनुसन्धान प्रतिवेदनमा भनिएको छ कि लामो समयसम्म वेदका रीचाहरु र संस्कृतका स्तोत्रहरु स्मरण गरिरहने या मन्त्र उच्चारण गरिरहने र संस्कृत अध्ययन गर्ने विद्यार्थीहरुको मस्तिष्कमा रहेको ग्रे म्याटरको घनत्व र कर्टिकलको मोटाई अन्य व्यक्तिहरूको तुलनामा धेरै गहिरो, मोटो र बढी भएको पाइयो।

    हामीहरूमध्ये धेरैले पशुपति, जनकपुर, मुक्ति क्षेत्र, बराह क्षेत्र जस्ता तिर्थस्थलहरुमा रहेको मन्दिरमा हिन्दू धर्मका पण्डितहरुले संस्कृतका श्लोकहरू भजेको, ॐ नमः शिवाय, हरे कृष्ण हरे कृष्ण, हरे राम हरे राम, ॐ नमो भगवते वासुदेवाय जस्ता नाम संकिर्तन् गाएको अनि हिमाली श्रृङ्खलामा रहेका हाम्रा शेर्पा र लामा दाजुभाई दिदीबहिनीहरू र भिक्षुहरुले ॐ मणि पद्मे हुँ, बुद्धं शरणम् गच्छामि धम्मम शरणम् गच्छामि जस्ता नाम-जप गरेको त सुनेकै छौं। उनीहरूले कसरी प्राचीन हिन्दू बौद्ध धर्मग्रन्थहरूको अध्ययनलाई सामान्य तरिकाले नै स्मरण गर्न सकेका होलान् भन्ने पनि लागेको हुनसक्छ। अहिले पनि न्युयोर्क र बस्टनका गुम्बा र मन्दिरहरूमा बौद्ध भिक्षु र हिन्दू पण्डितहरुले प्राचीन पवित्र ग्रन्थहरूबाट सयौं पृष्ठ लामा हजारौं श्लोकहरु कण्ठस्थ जपिरहेका हुन्छन्। संस्कृतका अनेकन श्लोकहरूलाई कण्ठस्थ गर्न सक्ने र वेदका हजारौं रिचाहरुलाई स्मरण गर्न सक्ने कस्तो मस्तिष्क होला भनेर जेम्सले अध्ययन गरेका थिए। पश्चिमा श्रोताहरूलाई बौद्ध र हिन्दू धर्मग्रन्थका शक्तिशाली स्तोत्रहरूले मन्त्रमुग्ध पारेका छन्। बौद्ध हिन्दु धर्मावलम्बीहरूको स्तोत्र स्मरण गर्ने नाम जप गर्ने पुरानो परम्परा भएतापनि पश्चिमाहरूमा भने भर्खरै यसले ठाउँ पाउन थालेको छ। उनीहरू यसले मस्तिष्कमा पारेको प्रभावका बारेमा दङ्ग पर्न थालेका छन्। हिन्दूबौद्ध परम्परामा त सानै उमेरदेखि प्राचीन ग्रन्थहरूको जप गर्न सिकाइन्छ। सरल संस्कृतका गद्यात्मक, जस्तै विष्णुसहस्र नाम गणेश पञ्चरत्नम्, सरस्वती स्तोत्र आदि नाम जप गर्नुका साथै शुक्ल एजुर्वेद लगायत अति प्राचीन धर्म ग्रन्थहरूका दशौँ हजार श्लोकहरू समेत कण्ठस्थ गरेका हुन्छन्। यस्तो नाम जप र रिचाहरूको स्मरणले मस्तिष्कको छोटो र दीर्घकालीन दुबै स्मृति मा एउटा ठूलो प्रभाव पार्दछ भन्ने कुरा जेम्सको अनुसन्धानले प्रमाणित गरेको छ।

    जेम्सले गरेको अनुसन्धानबाट यो पत्ता लाग्यो कि हिन्दू बौद्ध परम्परा अनुसार दैनन्दिन संस्कृतका श्लोकहरू उच्चारण गर्नाले स्मरण र सोच्ने शक्ति बढाउँदछ। जेम्सले पत्ता लगाएको संस्कृत इफेक्ट एउटा अनपेक्षित खोज थियो, जसलाई अहिले पश्चिमाहरुले अनुसरण गर्न थालेका छन्। जेम्स स्पेनको ‘बास्क सेन्टर अन कग्निसन ब्रेन एण्ड ल्याङ्वेजका अनुसन्धानकर्ता हुन्, जसले संस्कृतको अध्ययन, अनुसन्धान र अनुवादमा धेरै वर्ष बिताएका छन्। उनी आफै पनि संस्कृत प्रभावका एक प्रयोगकर्ता हुन्। उनी भन्छन् “मैले जति धेरै संस्कृतका श्लोकहरु याद गरें, जति धेरै संस्कृत भाषा अध्ययन गरें र अनुवाद गरें, त्यति नै मेरो शाब्दिक स्मरण शक्ति राम्रो हुँदै गयो। मेरा विद्यार्थीहरू र शिक्षक साथीहरू कक्षामा प्रश्नहरू सोध्दा र व्याख्याहरु गर्दा मैले आफ्नै वाक्यहरू ठ्याक्कै कसरी दोहोर्याउन सकें भनेर मेरो स्मरण क्षमतामाथि टिप्पणी गर्न थालेका छन्। उनीहरूलाई मैले जवाफ दिन थालेको छु। कसरी हिन्दु संस्कृतका अध्येताहरूले ४० हजार देखि १ लाखभन्दा पनि बढी शब्दहरूको वैदिक धर्मग्रन्थहरुलाई याद गर्ने र ठ्याक्कै पाठ गर्ने गर्दछन् यो कुराले ममा प्रभाव पार्यो र मैले उनीहरूको मौखिक स्मरण गर्ने क्षमता र यसले मस्तिष्कमा पारेको प्रभाव को बारेमा अध्ययन गर्न थालें। यो अध्ययनबाट यस्तो कुरा पत्ता लगाएँ कि संस्कृत अध्ययन गर्नेहरूको मस्तिष्क अन्य व्यक्तिहरूको तुलनामा १०% ठूलो हुने रहेछ”।

    हार्टजेलको अनुसन्धान संस्कृतविदहरूको मस्तिष्कको परीक्षण गर्ने पहिलो अनुसन्धान हो। स्ट्रक्चरल म्याग्नेटिक रेजोनेन्स इमेजीङ अर्थात् एमआरआई को प्रयोग गरेर हार्टजेलले संस्कृतका श्लोकहरू कण्ठस्थ गर्ने, पढ्ने २१ जना विद्वानहरू र त्यसै गरी संस्कृत नपढ्ने २१ जना विद्वानहरूको मस्तिष्क स्क्यान गरेर तुलना गरेका थिए र स्क्यानबाट पत्ता लगाएका थिए कि संस्कृत नपढ्नेहरूको तुलनामा संस्कृत पढ्नेहरूको मस्तिष्कमा नाटकीय परिवर्तन देखिएको थियो। संस्कृत विदहरूको मस्तिष्कका धेरै क्षेत्रहरू संस्कृत नपढ्नेहरूको तुलनामा ठूला थिए र मस्तिष्कका दुवै गोलार्धमा सामान्य व्यक्तिकोमा भन्दा १० प्रतिशत बढी मस्तिष्क पदार्थ र कर्टिकल को मोटाई पाइएको थियो। मस्तिष्कको दाहिने गोलार्ध अर्थात् हिप्पोकाम्पसले स्मरण शक्ति, ध्वनि र दृश्यका कुराहरु सम्पादन गर्ने गर्दछ। अब हामी विचार गरौं। संस्कृत का श्लोकहरू र वेदका रिचाहरू कण्ठस्त गर्ने विद्वानहरूको मस्तिष्कमा सामान्य व्यक्तिहरूको भन्दा १० प्रतिशत बढी मस्तिष्कको पदार्थ र मस्तिष्कको आकार ठूलो हुनु भनेको सामान्य भन्दा १० प्रतिशत बढी स्मरण शक्ति र अन्य बौद्धिक शक्तिहरू हुनु हो। जेम्सले यस्तो वृद्धि हुनुमा संस्कृतको प्रभाव छ भन्ने कुरा त पत्ता लगाए तर यो कसरी भयो भन्ने कुरा भने अझै अनुसन्धानको विषय छ।

    डाक्टर जेम्सको यो अध्ययनले हाम्रा प्राचीन हिन्दू ग्रन्थहरूको प्रभाव, अल्जाइमर जस्तो मस्तिष्कका तन्तुहरु विनाश गर्ने र बुढ्यौलीमा स्मरण शक्ति हराउँदै जाने रोग कम गर्न मद्दत हुन्छ कि भन्ने विषयमा अहिले अनुसन्धान अघि बढेको छ। चिकित्सकहरूको एउटा टोली संस्कृतमा थप अनुसन्धान गरेर डिमेन्सिया, अल्जाइमर जस्ता स्मरण शक्ति ह्रास गराउने रोगको उपचार प्रभावकारी हुन्छ कि भन्ने विषयमा अनुसन्धान अगाडि बढाउन तयार भएका छन्। अहिले पश्चिमाहरू हाम्रो पूर्वीय दर्शनका माइन्डफुलनेस र ध्यानका अभ्यास गरेर फाइदा लिन तल्लिन भएका छन्। वास्तवमा यो यही संस्कृत प्रभावको एउटा रूप हो। थोरै थोरै भएपनि नाम जप र संस्कृतको पाठ गर्नाले हाम्रो मस्तिष्कमा आश्चर्यजनक प्रभाव पार्न सक्छ भन्ने कुरा त अनुसन्धानले देखाइसक्यो। हाम्रा पूर्वजहरू जसले दिनहुँ संस्कृतका श्लोकहरू र संस्कृतको नाम-जप, च्यान्टिङ गर्ने गर्दथे उनीहरुमा अल्झाइमर र डिमेन्सिया कम देखिनुमा कतै यही संस्कृतको प्रभाव त थिएन भनेर हामीलाई सोच्न यो अनुसन्धानले बनाएको छ। #सबैको जयहोस्#।

    Post Views: 116
    प्रकाशित मिति: २०८१ बैशाख १२, बुधबार २३:३०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई
    Advertisement
    ताजा अपडेट
    • १. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • २. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ३. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ४. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    • ५. अख्तियारमा उजुरीः स्थानीय तहमा भ्रष्ट्राचार बढेको की जनता सचेत भएका ?

    चर्चित
    • १. चुनाव बिथोलिने डरले जाँचबुझ आयोगको म्याद फागुन २४ (२५ दिन) सम्मलाई थपियो

    • २. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • ३. ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

    • ४. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.