• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

पत्रकारितामा एआईको प्रयोग: कति आवश्यक, कति जोखिम ?

  •  
  • २०८१ असार ३, सोमबार ००:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    एआई प्रविधिको च्याट जिपिटि सार्वजनिक भएको १८ महिना मात्र भएता पनि यो प्रविधि मानिसको दैनिक जीवनमा प्रयोगमा आइसकेको छ । एप्पल, मेटा, गुगल र अन्य ठूला प्रविधि कम्पनीहरूले आफ्ना उत्पादन र सेवारूमा एआई प्रविधि समावेश गर्न लागिपरेका छन्।

    “एआईको प्रसारले समाचार र सूचनाको उपभोग गर्ने तरिकामा परिवर्तन ल्याइरहेको छ र पत्रकारहरू यसका लागि तयार हुन आवश्यक छ”, पत्रकार निकिता रोयले भनिन्। एआई, नैतिकता र पत्रकारिता सम्बन्धी सम्मेलनको छलफलमा  रोयले कसरी एआई उपकरणहरूले  एउटै ढाँचाको नभई व्यक्तिगत र अन्तरक्रियात्मक वातावरणमा जानकारी प्रदान गर्दै छन् भन्ने उदाहरणहरू प्रस्तुत गरिन्।

    “यो सूचना प्रविधिको क्षेत्रमा नयाँ क्रान्ति हो,” रोयले भनिन्। उनका अनुसार- “हामीले सूचनाका विषयबस्तुहरू छापामाध्यमबाट अनलाइनमा गएको र त्यसपछि सोसल मिडियामा पनि गएको देख्यौँ । अब जेनेरेटिभ (उत्पादक) एआईको विकास सूचना प्रविधिको अर्को चरण मात्र हो” ।

    केही सञ्चार माध्यमहरूले आफ्नो पत्रकारिता र व्यवसायका लागि एआईलाई विभिन्न स्तरमा सफलतापूर्वक प्रयोग गर्ने प्रयास गरेका छन्। पत्रकार रोयले भन्छिन् – ‘ हाल न्यूजरूमा भएको एआई प्रोजेक्टहरू हेर्दा सामान्यतया चार तारिकाका छन्:

    – सामग्री निर्माण, जसमा हेडलाइन वा सोसल मिडिया पोस्टहरू उत्पन्न गर्ने उपकरणहरू समावेश छन्

    – कार्यविधिको अनुकूलन, जसमा ट्रान्सक्राइप्ट, अनुवाद र शुद्धाशुद्धि उपकरणहरू समावेश छन्

    – विश्लेषण र निगरानी, जसमा पाठकको समाचार प्रयोग र खपतको र प्रवृत्तिको भविष्यवाणी गर्न सक्ने उपकरणहरू समावेश छन्

    – सेवाग्राही सम्बन्धित उपकरणहरू, जसमा अन्तरक्रियात्मक च्याटबटहरू, कन्टेन्ट प्रोफाइल निर्माण र  सारांश बनाउने उपकरण  समावेश छन्

    विशेष गरी जेनेरेटिभ एआईको प्रयोगले धेरैजसो नकारात्मक ध्यान खिचेको छ । समाचार संस्थाहरू स्पोर्ट्स इलस्ट्रेटेड, गिज्मोडो,ग्यानेट र म्याकक्लाचीले गत वर्ष त्रुटिहरूले भरिएको एआई-उत्पन्न सामग्री प्रकाशित गरेकोमा आलोचनाको सामना गर्नु परेको थियो।

    तर एआईसँग लेखहरू सिर्जना गर्नु मात्र नभएर अन्य धेरै प्रयोगहरू छन्। मोन्टक्लेयर स्टेट युनिभर्सिटीको सेन्टर फर कोअपरेटिभ मिडियाका सहायक निर्देशक जो अम्डिटिसका अनुसार एआईले कसरी सूचना प्रशोधन गर्न सक्छ र सीधा उत्पादन उपकरणहरूमा जानुको सट्टा कसरी कार्यहरू स्वचालित गर्न सक्छ भन्ने पहिला बुझ्यो भने पत्रकारहरूले बढी फाइदा लिन सक्छन् ।

    अम्डिटिसले भन्छन् – ” जसरी एआई उपकरणको सुरुवातमा प्रयोग गर्न अभिप्रेरित गरिएको थियो, म सधैँ यी उपकरणहरू इमानदारीपूर्वक प्रयोगको ठुलो समर्थक हुँ” । “मूल रूपमा एआईको महत्व भनेको नै पाठ र अवधारणाहरू पहिचान र वर्गीकरण वा समूहबद्ध गर्ने क्षमता थियो”।

    ‘लेखहरू तथा प्रकाशन हुने कुराको तुलनामा एआईलाई पर्दा पछाडि सहायक क्षमतामाको रूपमा यसका उपकरणहरू प्रयोग गर्दा धेरै राम्रो नतिजा पाइन्छ । उनी भन्छन् – “यस्तो लाग्छ कि मानिसहरूले सबैभन्दा महत्त्वपूर्ण कार्यमा अल्छी हुने बहाना खोजिरहेका छन्। “हाम्रो काम अन्तर्वार्ता लिनु, समुदायहरूसँग संलग्न हुँदै उनीहरूका कथाहरू र अनुभवहरू श्रोताहरूमा प्रस्तुत गर्नु हो।”

    पत्रकारहरूले आफूलाई र आफ्ना दर्शकहरूलाई एआई उपकरणहरूसँग परिचित गराउनुमा पत्रकारहरूकै फाइदा छ । एआईले पत्रकारहरूलाई आफ्नै काममा मात्र मद्दत नगरी एआई बुझेमा प्राविधिक कम्पनीहरूलाई जबाफदेही बनाउनको लागि पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।

    पत्रकार रोय भन्छिन् -“यसमा धेरै नीतिगत निर्णयहरू र कानुनहरूलाई सम्बोधन गर्नु जरुरी छ, जुन अझै हुनसकेको छैन,  यहाँ पत्रकारहरू सामान्य मान्छे बन्न जरुरी छ जसले टेक्नोलोजीलाई गहिरो रूपमा बुझ्दछन् । अनि मात्र यसलाई प्रयोग गर्दा राम्रो प्रतिफल पाइन्छ।”

    निर्देशक जो अम्डिटिसले एआई उपकरणहरूसँग काम गर्न थालेका सञ्चारमाध्यमहरूलाई सुरुवातमा “सामान्य,काम नलाग्ने र कम महत्त्व भएको कार्यहरूमा प्रयोगहरू सुरु गर्न सल्लाह दिएका छन् । यसले आफ्नो र एआईको क्षमता बुझ्न  समय दिन्छ। एआई प्रोजेक्टहरूको योजना बनाउँदा सञ्चार माध्यमहरूले ‘के यो उपयोगी छ? के यो सुरक्षित छ?’ भन्ने प्रश्नको उत्तर खोज्नु जरुरी छ ।

    केही मिडिया सङ्गठनहरूले पाठकहरूलाई सेवा दिन एआईबाट लाभ उठाउने आफ्नो इच्छाहरू प्रकट गरिरहेका छन्। बजफिडका सीईओ जोनाह पेरेटीले आफ्नो कम्पनीले एआई उत्पादनहरूलाई भविष्यको मुख्य भागको रूपमा हेरेको बताउँदै आएका छन्।

    एआई प्रयोगको बढ्दो मागले  निर्देशक जो अम्डिटिस आफू चिन्तामा परेको बताउँछन् । उनले मिडिया उद्योगका धेरै व्यक्तिहरूले आफ्ना सञ्चार माध्यमलाई एआईले पार लगाउने कुरा गर्दै  गरेको पाएका छन् । तर एआई उपकरणहरू सञ्चालन गर्न आवश्यक पर्ने प्रशस्त स्रोत र आवश्यकताहरूको सही आकलन गर्न र त्यसबाट हुनसक्ने नाफाको स्पष्ट मार्गबारे बेवास्ता गर्दै आएका छन्। “एआई पछाडिको टेक्नोलोजी “अविश्वसनीय” छ, तर उपकरणको वास्तविक उपयोगितालाई यसको चौतर्फी प्रचारले ओझेलमा परेकोमा चिन्तित छु,” उनले भने ।

    समाचार सामाग्री लेखन पूर्ण रूपमा एआईमा मात्रै भर नपरी पत्रकारहरूले मिहीन अध्ययन गरी खोज पत्रकारिता गर्नु जरुरी छ । जसलाई मानिसहरूले विश्वास मात्र गर्दैनन्, समाचारको लागि पैसा तिर्न पनि तयार हुन्छन् ।

    श्रोत: आइएनएस-स्वतन्त्र समाचार

    Post Views: 215
    प्रकाशित मिति: २०८१ असार ३, सोमबार ००:१८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    • ४. साइकलमा दूध बेच्दै हिँड्थे, अहिले आफैले चलाएका छन् डेरी

    • ५. अमेरिकाको क्यालिफोनियामा १७ हजार आप्रवासीको व्यवासायिक लाईसेन्स खारेज

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.