• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

किन अमेरिका पलायन हुन खोज्छन् ?

  •  
  • २०८१ मंसिर २७, बिहीबार १०:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    शशी थरुर

    नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लाखौँ अवैध आप्रवासीलाई देशनिकाला गर्ने वाचा गरेका छन् । ट्रम्पले यो वाचा गर्दा भारत पनि आप्रवासीका स्रोत मुलुकका रूपमा सतहमा देखिन्छ । अप्रिय वास्तविकता के हो भने सुखद जीवनको खोजीमा अमेरिका पुगेका आप्रवासीमध्ये उल्लेखनीय हिस्सा हाम्रा नागरिकको छ । जनवरी २०२२ मा अमेरिकामा गैरकानुनी रूपमा प्रवेश गर्न खोज्ने चार भारतीयले अमेरिकी सिमानाबाट ४० फिटभन्दा कम दूरीमा रहेको क्यानडेली भूमिमा चिसोले ज्यान गुमाएका थिए । गुजरातजस्तो भारतको सम्पन्न राज्यका दुई शिक्षित अभिभावक एवं सहरमा घर भएका मध्यमवर्गीय परिवारले यस्तो जोखिमपूर्ण यात्रा किन रोजे ? सम्झिँदा अनौठो लाग्न सक्छ । तर, यस्ता घटना अस्वाभाविक भने होइनन् ।

    गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य हो, जहाँ उनले १३ वर्षसम्म मुख्यमन्त्री भई नेतृत्व गरेका थिए । राज्यको आर्थिक सफलताकै आधारमा उनले राष्ट्रिय सरकारको नेतृत्वका लागि लोकप्रियता हासिल गरेका थिए । तर, धेरै गुजराती राज्य छोड्न आफ्नो सबै जायजेथा र सम्बन्धलाई दाउमा राखिरहेका छन् । यसले गुजरात राज्यको समृद्धिको प्रचलित कथालाई चुनौती दिन्छ । त्यसैगरी भारतको ‘अन्नको भण्डार’भनेर चिनिने पन्जाबका मानिस पनि सुखद जीवनको खोजीमा देश छोड्ने दौडमा छन् । उर्वर कृषि राज्य भए पनि पन्जाबमा बेरोजगारी राष्ट्रिय औसतभन्दा बढी छ र लागुपदार्थको दुरुपयोग पनि तीव्र रूपमा बढिरहेको छ । पन्जाबका कृषि फार्मले भारतका अन्न उत्पादनमा ठुलो हिस्सा ओगटे पनि यिनले युवालाई आवश्यक रोजगार दिन सकिरहेका छैनन् ।

    मुलुकमा सीमित अवसरका कारण धेरै पन्जाबी युवा ‘डंकी रुट’ भनिने खतरनाक मार्गबाट गरिने अमेरिकी यात्रामा आकर्षित भएका छन् । अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीको यो अवैध एवं जोखिमयुक्त बाटोका सन्दर्भमा बलिवुडले डंकी भन्ने चलचित्रसमेत बनाएको छ । यी आप्रवासीले दलाललाई अमेरिका प्रवेशका लागि झन्डै एक लाख डलरसम्म तिर्छन् । यी आप्रवासी कहिलेकाहीँ मध्य वा दक्षिण अमेरिकी देशमा कानुनी यात्रा गर्दै अमेरिकातर्फको गैरकानुनी यात्रा सुरु गर्छन् । त्यसैगरी केहीले क्यानडालाई प्राथमिकता दिन्छन्, किनभने अमेरिका–मेक्सिको सीमाभन्दा उत्तरी सीमामा सुरक्षा व्यवस्था फितलो छ, तर अँध्यारोमा हिउँ र बरफ पार गर्नु विशेषतः चिसोसँग अपरिचित मानिसका लागि घातक हुने गर्छ ।

    अक्टोबर २०२० यता अमेरिकी सीमा सुरक्षा अधिकारीले क्यानडा वा मेक्सिकोबाट गैरकानुनी रूपमा सीमापार गर्न खोज्ने झन्डै एक लाख ७० हजार भारतीय आप्रवासीलाई पक्राउ गरेका छन् । यी आप्रवासीमा अधिकांश युवा पुरुष देखिन्छन् । अब अवसर खोज्ने युवा पुरुष मात्र नभई मध्यम वर्गीय परिवारले पनि भारतमा भविष्य देखिरहेका छैनन् । र, केही आप्रवासी जोखिमपूर्ण यात्रा पूरा गर्न सफल पनि हुन्छन् । प्यु रिसर्चका अनुसार सन् २०२२ सम्म अमेरिकामा सात लाख २५ हजार गैरकानुनी भारतीय आप्रवासी थिए । यसले अमेरिकामा अवैध प्रवेश गर्न खोज्ने आप्रवासीमा मेक्सिको र एल साल्भाडोरपछि भारतले तेस्रो स्थान बनाएको छ । र, यी आप्रवासीको भविष्य अझै अन्योलपूर्ण छ । अमेरिकी गृह सुरक्षा विभागका सहायक सचिव रोइस बर्नस्टाइन मुरेले हालैका वर्षमा भारतीय नागरिकलाई गरिने ‘निर्वासन’ लगातार बढ्दै गएको र गत आर्थिक वर्षमा मात्रै एक हजार एक सय भारतीय आप्रवासीलाई देशनिकाला गरिएको बताएका थिए ।

    यो प्रवृत्तिमा रोक लागेको कुनै संकेत देखिन्न । अक्टोबरमा जारी अमेरिकी गृह सुरक्षा विभागको प्रेस विज्ञप्तिमा कानुनी रूपमा अमेरिका बस्ने आधार नभएका भारतीय नागरिकलाई ‘ठुलो चार्टर उडान’मार्फत फिर्ता पठाइएको विवरण थियो । यस्तो उडान पहिलोपटक भएको होइन र थप उडान हुने संकेत देखिन्छन् । यो सबै ट्रम्पको पदग्रहणअघि नै भइरहेको छ । पुनर्स्थापनामा सहकार्य गरेको भारतीय सरकारले यसलाई कानुनी आप्रवासनलाई प्रोत्साहन गर्ने प्रयासका रूपमा प्रस्तुत गरेको छ । तर, भारतका नेताले आफ्ना नागरिक किन विदेश जान बाध्य भइरहेका छन् भन्नेमा गहिरो आत्ममूल्यांकन गर्नुपर्छ ।

    अधिकांश भारतीय आप्रवासी राम्रो आर्थिक अवसरको खोजीमा छन् र यिनले यदि आफू प्रमुख अमेरिकी सहरमा पुग्न सके भिडमा हराएर राम्रो काम पाउन सक्ने आशा पालेका हुन्छन् । तर, केही आप्रवासीले देश छाड्नुका कारण अन्य पनि छन् । पन्जाबका केही सिखले खालिस्तानी प्रिथकतावादी आन्दोलनको दमनका कारण भारतीय सरकारबाट उत्पीडनको डर देखाउँदै शरणार्थी हैसियतको आवेदन दिन पनि गएका छन् । भारतीय अधिकारीले प्रायः यस्ता आरोपलाई अस्वीकार गर्दै यी शरण माग्नेले अमेरिकामा बस्ने मौका बढाउन झुटा कथा बनाइरहेका छन् भन्ने दाबी गर्छन् । अमेरिकी शरणार्थी कानुनले आवेदन प्रक्रिया चलिरहँदा अस्थायी रूपमा बस्न अनुमति दिन्छ र यसबिच अमेरिकी नागरिकसँग विवाह गर्दा कानुनी आवासको अर्को बाटो खुल्छ । भारतीय अधिकारीले आप्रवासीका मुलुक छाड्ने कारणलाई गम्भीरतासाथ लिनुपर्छ ।

    भारतलाई फेरि आशाको भूमि बनाउनु आवश्यक छ । विडम्बना, मोदी सरकारका तमाम प्रोपगान्डाका बाबजुद भारतको बहुचर्चित आर्थिक सफलता बेरोजगार वृद्धि, युवा बेरोजगारीको नयाँ कीर्तिमान र अधिकांश भारतीयको खस्कँदो जीवनस्तरका कथामा सीमित छ । अर्थतन्त्र तब मात्रै पुनरुत्थान भएको मानिनेछ, जब भारतमा समान अवसर, युवा पुस्ताका लागि पर्याप्त रोजगारी र सबैका अधिकार एवं हितको रक्षा गर्ने सरकार हुनेछ ।

    (थरुर भारतीय राष्ट्रिय कंग्रेसका वरिष्ठ नेता हुन्)  प्रोजेक्ट सिन्डिकेटबाट

    Post Views: 144
    प्रकाशित मिति: २०८१ मंसिर २७, बिहीबार १०:१७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    Advertisement
    ताजा अपडेट
    • १. “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?

    • २. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • ३. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    चर्चित
    • १. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • २. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ३. काठमाडौं पुगे चीनका नयाँ राजदूत झाङ माओमिङ

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.